८ श्रावण २०७६, बुधबार

लमजुङ । लमजुङको दुर्दी खोलामा आएको बाढीले बगाउँदा ४ को ज्यान गएको छ, भने केही बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी रविन्द्र मान गुरूङका अनुसार दुर्दी खोलामा आएको बाढीका कारण ४ जनाको शव भेटिएको हो ।

ज्यान गुमाउनेहरु अपर दुर्दी हाइड्रोपावरमा काम गर्ने व्यत्तिहरू हुनसक्ने प्रहरीले बताएको छ । उनीहरुको सनाखत हुन बाँकी रहेको डिएसपी गुरूङले बताए ।

पावर हाउसको सामग्री समेत खोलाले बगाएको स्थानीयहरूले बताएका छन् । सिडिओ र जिल्ला प्रहरी कार्यालय लमजुङको टोली भखरै घटना स्थल पुगेको छ । घटनाको थप विवरण आउन बाँकी ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV