८ श्रावण २०७६, बुधबार
  • रामहरि श्रेष्ठ,

ओखलढुंगा । ओखलढुंगाको सुनकोशी गाउपालिकाले यस बर्षबाट सुत्केरी स्याहार कार्यक्रम लागू गरेको छ । गाउँपालिका भित्रका सुत्केरी महिलाहरुले नियमित स्वास्थ्य जाँच गराई बर्थिङ सेन्टरमा शिशु जन्माएमा उनीहरुलाई प्रोत्साहान स्वरुप रु तीन हजार रुपैयाँ प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।

सुत्केरी आमा तथा शिशु मृत्युदरलाई घटाउन गाउँपालिकाको यो अभियान महत्वपूर्ण रहेको स्थानीयले बताएका छन् । उँपालिकाभित्रका सुत्केरी महिलाहरुलाई नियमित गर्भ जाँच गराउन र अस्पतालमै सुत्केरी हुने प्रोत्साहान गर्ने उदेश्यले कार्यक्रम ल्याइएको गाउँपालिका प्रमुख रुद्ध प्रशाद अधिकारीले बताए ।

अघिल्लो आर्थिक बर्षमा गाउँपालिकाले नवजात शिशुको जन्मपछि गरिने स्याहार सुसारका लागि एक हजार रुपैयाँ दिदै आएको थियो । यसलाई परिमार्जन गरेर यस आर्थिक बर्षबाट सुत्केरी स्याहार कार्यक्रम लागू गरिएको गाउँपालिकाले जनाएको छ । त्यस्तै गाउँपालिकाले मृतकका परिवारलाई प्रति परिवार पाँच हजार रुपैयाँ उपलब्ध गराउने कार्यक्रमलाई यस बर्षपनि निरन्तरता दिएको छ ।

मृत्युपछि गरिने संस्कार (किरिया) खर्च बापत गाँपालिकाले प्रति मृतक परिवार पाँच हजार रुपैयाँ दिदै आएको छ ।

LIVE TV