८ श्रावण २०७६, बुधबार

काठमाडौं । अभिनेत्री सुस्मा कार्की फिल्म ‘फटाह फणिन्द्रे’ मा भित्रिएकी छन् । फिल्ममा कार्कीलाई १० लाख पारिश्रमिक रकममा अनुबन्धित गरिएको निर्माण टाेलीले बताएको छ ।

‘फटाह न्णिन्द्रे’ फिल्मको निर्देशन अरुण खड्काले गर्ने भएका छन् । उनले यो फिल्मबाट निर्देशकको रुपमा डेब्यु गर्न लागेका हुन् । अरुण खड्काले अरुण फिल्म प्रोडक्सन प्रालीको तेस्रो प्रस्तुतिका रुपमा यो फिल्म निर्माण गर्न लागेका छन् ।

खड्काले ‘तिम्रो लागि’, ‘पाठशाला’ लगायत केही फिल्म निर्माण गरिसकेका छन् । उत्तम केसीको कथा, हिमाल उप्रेतीको पटकथा सम्वाद रहेको फिल्ममा रोशन श्रेष्ठको एक्सन र हरि घले लामाको छायाँकन रहने बताइएको छ ।

फिल्ममा अन्य कलाकार चाँडै टुङ्गो लाग्ने अरुणले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV