८ श्रावण २०७६, बुधबार

काठमाडौं । मित्र राष्ट्र चीनको सुझौ शहरमा जारी एशिया जुनियर ब्याडमिन्टन च्याम्पियनशीप २०१९ मा नेपालका उदियमान खेलाडी प्रिन्स दाहालले जित हात पार्दै दोश्रो चरण प्रवेश गरेका छन् ।

उनले पहिलो चरणमा पुरुष एकल यु–१९ मा सिंगापुरका ईह्यु बेन्जामिन लिलाई २१–१६, २१–१२ को सोझो सेटमा पराजित गर्दै दोश्रो चरण प्रवेश गरेका हुन् । अब उनले दोश्रो चरणमा चीनका खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV