सेनेगललाई हराउँदै अल्जेरियाले जित्याे अफ्रिकी नेसन्स कपको उपाधि, दोस्रो मिनेटमा भएको खेल निर्णायक



प्रकाशित मिति : Jul 20, 2019

काठमाडाैँ । अल्जेरियाले अफ्रिका कप अफ नेसन्स फुटबलको उपाधि दोसो पटक जितेको छ ।

इजिप्टको कायरोमा भएको फाइनल खेलमा सेनेगललाई एक शुन्य गोल अन्तरले हराउँदै २९ वर्षपछि उपाधि जितेको हो । बघदाद बौनेदजाहले प्रहार गरेको बल सेनेगलका खेलाडी सलिफ सानेमा ठोकिएर गोलमा परिणत भएको थियो ।

खेलमा दोस्रो मिनेटमा भएको गोल नै निर्णाय उपाधि जित्न निर्णायक भयो । दोस्रो हाफमा अल्जेरियाले पेनाल्टी पाएको थियो । तर भिएआर रिभ्युमा ह्याण्ड भएको नदेखिएपछि निर्णय उल्टाइयो । खेल सकिएपछि सेनेगलका खेलाडीहरुले मैदानै रोएका थिए ।

सेनेगलले यो उपाधि अहिलेसम्म जित्न सकेको छैन । खेलको अधिकांश समय बल सेनेगल हावी भएपनि गोल गर्न भने सकेनन् । सेनेगल सन् २००२ मा फाइनलमा पुगेको थियो ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com