इरानले बेलायतको ट्याङ्कर नियन्त्रणमा लिएपछि बेलायतद्वारा कडा चेतावनी



प्रकाशित मिति : Jul 20, 2019

एजेन्सी । अमेरिकासँगको सम्बन्ध तनावको उत्कर्षमा रहेका बेला बेलायतसँग पनि इरानको सम्बन्धमा तनाव देखिएको छ ।

इरानले बेलायती ट्यांकर नियन्त्रणमा लिएपछि सम्बन्ध बिग्रिएको हो । इरानले बेलायती झण्डायुक्त ट्यांकर खाडी क्षेत्रबाट नियन्त्रणमा लिएको हो । बेलायतका विदेश मन्त्री जेरोमी हन्टले ट्यांकर तत्काल नछोडे इरानले गम्भीर मूल्य चुकाउनु पर्ने बताएका छन् ।

इरानको उत्तर तर्फ जाँदै गरेको समुद्री ट्यांकरमा २३ जना रहेको जनाइएको छ । सो ट्यांकरलाई चारवटा पानी जहाज र एउटा हेलिकप्टरले घेरेर राखेको विदेश मन्त्री हन्टले बताएका छन् । इरानले लाइबेरियाको झण्डायुक्त ट्यांकर पनि नियन्त्रणमा लिएको थिए । तर हाल सो ट्यांकर मुक्त भएको र आफ्नो यात्रा नियमित गरेको हन्टले उल्लेख गरेका छन् ।

अमेरिकाले इरानको एउटा ड्रोन ध्वस्त पारेको दाबी गरेको र इरानले त्यसलाई खारेज गरिरहेको अवस्थामा बेलायती ट्यांकर इरानले नियन्त्रणमा लिएको हो ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com