देशको अधिकांश स्थानमा सामान्य वर्षा, पछिल्लो २४ घण्टामा पोखरामा सबैभन्दा बढी वर्षा



प्रकाशित मिति : Jul 20, 2019

काठमाडाैँ । देशका अधिकांस स्थानहरुमा अहिले सामान्य देखी मध्यम वर्षा भइरहेको छ ।

मनसुन न्यून चापिय रेखा नेपालको दक्षिणतिर अवस्थित भएको भएपनि बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्प युक्त हावा र स्थानीय वायुको प्रभावको कारण बर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य वदली रहि केहि स्थानहरुमा वर्षा हुने सम्भावना छ । देशको केही स्थानहरुमा ठुलो मात्रामा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राति देशभर सामान्य वदली रही केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ ।

केही दिन मनसुनी न्युन चापिय रेखा नेपालतर्फ नसर्ने भएपनि स्थानीय वायु सक्रिय रहने मौसमविद्हरुले जनाएका छन् ।

गत २४ घण्टाको रेकर्ड अनुसार पोखरामा सबै भन्दा बढी ६० मिलिमिटर बर्षा भएको छ । त्यस्तै काठमाडौँमा ४१ दशमलब १ मिलिमिटर पानी परेको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com