स्कुल/कलेजका विद्यार्थीहरू सबैभन्दा बढी लागूऔधष प्रयाेगकर्ता, रोक्नका लागि ठूलो चुनौती



प्रकाशित मिति : Jul 20, 2019
  • नविन कुलुङ

काठमाडाैं । विश्वव्यापी रूपमा नै साझा समस्या बन्दै आएको लागूऔधषको प्रयोग नेपालमा पनि बढ्दै गएको छ । लागूऔषध मात्रै नभएर नेपालमा मदिरा, सुर्तीजन्य पदार्थ एवं गाँजा-चरेसको प्रयोग पनि दिनानुदिन बढ्दै गएको पाइन्छ ।

पछिल्लो समय सुईको माध्यमबाट लागूपदार्थको प्रयोग झनै बढ्दै गएको छ । लागूऔषधियुक्त सुई औषधि तथा सिन्थेसाइज्ड केमिकलहरूसमेत लागुऔषधको रूपमा प्रयोग हुनाले यसको समस्या अझै बढ्ने क्रम जारी रहेको छ ।

कुन वर्ष कति पक्राउ ?

प्रहरी प्रधान कार्यालयले दिएको तथ्याङ्कअनुसार दर्ता भएका जघन्य अपराधका घटनामामध्ये सबैभन्दा बढी लागूऔषधका घटना रहेको छ । पाँच वर्षको तथ्याङ्क हेर्दा प्रत्येक वर्ष लागूऔषधका घटना बढ्दै आएको पाइन्छ ।

  • सन २०१४ : २९१८
  • सन २०१५ : २६५६
  • सन् २०१६ : ३६९६
  • सन् २०१७ : ३९४१
  • सन २०१८ : ४८९८

प्रहरी प्रवक्ता डिआइजी विश्वराज पोखरेलका अनुसार यो वर्ष १२ प्रतिशको हराहरी लागूऔषधको प्रयोग बढ्ने सम्भावना देखिन्छ । खुल्ला सिमाना, पुसको व्यवस्थापनले गर्दा लागूऔषधको घटना बढ्दै गएको डिआइजी पोखरेलको ठहर छ ।

प्रयोगकर्ताहरू नै कारोबारी बनेर अरू प्रयोगकर्ताहरू बढाउने भएकाले ड्रक्स कन्टोल ठूलो समस्याको रूपमा देखा पर्दै गएको डिआइजी पोखरेल बताउनुहुन्छ ।

विद्यार्थीहरू सबैभन्दा बढी प्रयाेगकर्ता

परिवार, स्कुल, कलेज र समाज सबै गैरजिम्मेवार भएकाले पनि ड्रक्स प्रयोग बढ्दै गएको डिआइजी पोखरेल बताउनुहुन्छ । डक्सको प्रयोगले गर्दा अन्य अपराधहरू पनि बढ्ने गरेको उहाँको भनाई छ । स्कुल कलेजका विद्यार्थीहरूबाट सबै भन्दा बढी ड्रक्सको प्रयोग बढ्दै गएकोसमेत डिआइजी पोखरेलले बताउनुभयो ।

कलेजमा आफ्ना साथीभाइहरूलाई विभिन्न प्रकारको भ्रम छरेर ड्रक्सको प्रयोगकर्ता बढाउने उहाँको ठहर छ । उहाँले भन्नुभयाे, ‘कलेजमा एउटा विद्यार्थीले ड्रक्स प्रयोग गर्न थाल्यो भने उनीहरूले ड्रक्स प्रयोगकर्ता छिटो बढाउँछन् । उनीहरूले आफ्ना साथीहरूलाई यसरी भ्रम पार्छ कि ड्रक्स प्रयोग गरिसकेपछि तिमीले जे चाहेको छौँ, त्यही पुग्छ । तिम्रो क्षमता वृद्धि हुन्छ तिम्रो स्मरण शक्ति बढ्छ । रमाइलो हुन्छ आनन्द हुन्छ भन्ने किसिमको भ्रम छरेर अरूलाई पनि ड्रक्स प्रयोग गर्ने बनाउँछन् ।’

अभिभावकले पनि आफ्नो सन्तानको ख्याल नराखेकाले ड्रक्सको प्रयोतकर्ता बढ्दै गएको डिआइजी पोखरेल बताउनुहुन्छ । ‘आफ्नो छोराछोरीहरूको संगतको कस्तो मान्छेसँग छ ? दिनचार्य कसरी बितिरहेको छ ? के खान्छ ? कहाँ बस्छ ? र के गरिरहेको छ ? भन्नेमा अभिभावकले पनि जानकारी राख्न सकेको छैन । यस विषयमा उनीहरूलाई राम्रो शिक्षा दिन पनि सकिएको छैन ।’

लागूऔषधबारे समाजलाई पनि सरकोकार नभएको डिआइजी पोखरेल बताउनुहुन्छ । डिआइजी पोखरेल भन्नुहुन्छ ‘जसले ड्रक्स प्रयोग गरेका छन् उ आफै भिक्टीम हो, त्यसैले समाजले सरोकार पनि राखेकाे पाइन्दैन ।’

लागूऔषधकाे प्रयाेगबाट जन्मने अनेकौँ अपराधहरू बलात्कारदेखि लिएर हत्या, चोरी, डकैतीको घटनाहरू ड्रक्सको कारणले भएको भन्ने थाहा नभएकाले पनि समाजले चासो नराखेको डिआइजी पोखरेलकाे ठहर छ ।

ड्रक्स प्रयोगकर्ताहरू नै ड्रक्सको काराेबार बढाउन लागि परेकाे डिआइजी पोखरेल बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘ड्रक्स प्रयोगकर्ताहरू कारोबारी बनेकाले गर्दा ड्रक्सको ओसारपसार बढेको छ । आफूलाई चाहिने भन्दा बढी ड्रक्स आयात गरेर आफ्नै साथीहरूले बेच्ने गरेकाले ड्रक्सको प्रयोग बढ्दै गएको छ ।’

नेपालमा ठूला ठूला ड्रस प्रयोगकर्ताहरू नभएको पनि डिआइजी पोखरेल बताउनुभयाे। उहाँका अनुसार अहिले २ लाखले ड्रक्स प्रयोग गर्ने गरेको र सबै भन्दा बढी युवाहरू रहेका छन् ।

कुन उमेरकाले कति लागूऔधषको प्रयोग गर्छन् ?

प्रहरी प्रधान कार्यालयले दिएको तथ्याङकअनुसार ड्रक्स प्रयाेग गर्ने सबैभन्दा बढी युवहरू रहेका छन् ।

  • २० देखि ३० वर्ष : ५५ देखी ५६ प्रतिशत
  • १८ वर्ष भन्दा मूनीका : २१ प्रतिशत
  • ३० देखि ४० वर्ष : १८ देखी १९ प्रतिशत
  • ५० वर्ष भन्दा माथिका : ४ प्रतिशत

सबैभन्दा बढी केमिकल ड्रक्स प्रयोग गर्ने र त्यसपछि ब्रउन सुगरको प्रयोग हुने डिआइजी पोखरेल बताउनुहुन्छ । ४३ प्रतिशतले ट्याब्लेट र ५७ प्रतिशतले सुईबाट दिने गरेकोसमेत डिआइजी पोखरेल बताउभयाे । सुईबाट दिने प्रक्रियाले एचआइभि एचसम्म बढाउने र यो रोक्नका लागि ठूलो चुनौती भएकोसमेत उहाँको ठहर छ ।

मध्यमवर्गीय बढी संलग्न

लागूऔषध सांगाठिक रूपमा चलेको र यसमा सबै भन्दा बढी मध्यमवर्ग संलग्न भएको डिआइजी पोखरेल बताउनुहुन्छ । ‘छिटो भन्दा छिनो नाफा कमाउने हुँदा जसले लागू औषधको प्रयोग गर्छन्, उनीहरू नै व्यवसायीक रूपमा कारोबारमा पनि लागेका छन् । ’ उहाँले भन्नुभयो, ‘आफूसँग पैसा नभएपछि आफूलाई चाहिने भन्दा केही बढी ड्रक्स ल्याउँछन् र त्यो ड्रक्स आफ्नै साथीहरूलाई बेच्छन् । यसले गर्दा यो समस्य अत्यन्तै जटिल बन्दै गएको छ ।’

भारतमा एक सय पर्ने ड्रक्स नेपालमा हजार/१२ सयसम्म पर्ने उहाँ बताउनुहुन्छ । ‘लेयर लेयरमा यसको बिक्री हुन्छ । एक लेयर, दुई लेयर, तीन लेयर हुँदै बिक्री हुने गरेको छ। उहाँले भन्नुभयाे, ‘पहिलो ड्रक्स प्रयोकर्ताहरुले एक सयमा किन्याे भने दोस्रोले तीन/चार सयमा बेच्ने गरेको पाइन्छ । तेस्रो व्यक्तिहरूले आठ/नौँ सयमा बेच्छन् र चौथो व्यक्तिले हजार/१२ सयमा बेच्छन् ।’

प्रहरी मात्रै लागेर नहुने

डिआइजी पोखरेले ड्रक्सको प्रयोग घटानउको लागि प्रहरी मात्रै लागेर नहुने सबै समाज नै लाग्नु पर्ने पनि बताउनुभयो । ‘लागूऔषधको रोकथाम गर्न ठूलो प्रहरी शक्ति लागेको छ ।’ उहाँले भन्नुभयो, ‘ठूलो प्रहरी शक्ति लाग्दा लाग्दै पनि नियन्त्रणमा लिन भने ठूलो चुनैति रहेको छ ।’

सङ्गठित र सक्रिय गिरोहको संजालले गर्दा यसको ओसार–पसार र नियन्त्रण गर्ने कार्य चुनौतीको रूपमा देखिएको छ । डिआइजी पोखरेल अनुसार बढ्ने प्रक्रिया चाहिँ झनझन तीव्र गतिमा छ । उहाँले भन्नुभयाे, लागूऔषध नियन्त्रणकै लागि भनेर नान कोनि व्यारो छ र त्यसको सातबाट सोटलाईट पनि छ । अन्या प्रहरीहरूले पनि यसबारे अनुसान्धन गर्छ र गरिरहेको छ । र पनि ड्रक्सको समस्या बढ्दै गएको छ ।’

लागूऔषध सम्बन्धी सामाजिक सोच र प्रवृत्तिमा आमूल परिवनका साथै लागुऔषध प्रयोगकर्तामाथि मानवीय व्यवहार र उनीहरूको मानव अधिकारको सम्मान पनि त्यत्तिकै आवश्यक देखिन्छ । यसको साथै उनीहरूको उपचारलाई सार्वजनिक सरोकार रूपमा लिनुपर्ने खाँचो पनि उत्तिकै देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com