स्वास्थ्य मन्त्रालयले “राष्ट्रिय स्वास्थ्य महासभा” को आयोजना गर्दै



प्रकाशित मिति : Jul 19, 2019

काठमाडौँ । नीति तथा कानुनी प्राबधानहरूलाई संघ, प्रदेश र स्थानीय तहका सरकारहरुबीच सामन्जस्यता कायम गर्ने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले “राष्ट्रिय स्वास्थ्य महासभा” को आयोजना गर्ने भएको छ । शुक्रबार आर्थिक बर्ष २०७५र७६ मा मन्त्रालयका मुख्य मुख्य उपलब्धिहरू सार्वजनिक गर्दै मन्त्रालयले आगमी योजना अन्तर्गत सो योजना रहेको जानकारी दिएको हो ।

मन्त्रालयले “राष्ट्रिय स्वास्थ्य नीति २०७६” र “अशक्त, असहाय र बेवारिसे मनोसामाजिक विरामीहरुको उपचार तथा पुर्नस्थापनाका लागि कार्यविधि” स्वीकृत भएको र सो कार्यविधि अनुसार सेवा संचालनका लागि ७ वटा अस्पताल, मानव सेवा आश्रम लगाएतका पुनर्स्थापना गृह र आश्रय केन्द्रसंग सम्झौता गरि सेवा संचालन भैरहेको जनाएको छ । मन्त्रालयको जानकारी अनुसार यस वर्ष राखेको राखेको योजना मध्ये ६ प्रतिशत काम हुन सकेका छैनन् ।

साथै मन्त्रालयले यसै वर्ष संघीयता कार्यान्वयनको सन्दर्भमा साविकका जिल्ला जन स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल, अंचल अस्पताल, क्षेत्रीयरउप क्षेत्रीय अस्पताल, क्षेत्रीय स्वास्थ्य निर्देशनालय, क्षेत्रीय मेडिकल स्टोर, क्षेत्रीय तालीम केन्द लगायतका संरचनाहरू प्रदेश सरकारलार्इ हस्तान्तरण गरेको छ ।

मन्त्रालयले ७४४ स्वास्थ्य संस्थाहरू मध्य यस आर्थिक बर्षमा जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, प्रसुति केन्द्र गरी जम्मा २१४ वटा भवनहरूको निर्माण, स्वास्थ्य संस्था नभएका १२०० वडाहरूमा स्वास्थ्य संस्था निर्माण गर्न आबश्यक अनुदान रकम सम्बन्धित स्थानीय तहमा हस्तातरण गरिएको मन्त्रालयको विज्ञेप्तीमा उल्लेख गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com