सरकारी अस्पतालमा डेंगु रोग परीक्षण किट अभाव, किटमा मेडिकलहरुको ब्रम्हलुट



प्रकाशित मिति : Jul 18, 2019

धरान । सुनसरीको धरान उप–महानगरपालिकामा बैशाख २८ गतेबाट सुरु भएको डेंगुको प्रकोप अझै नियन्त्रण आउन सकेको छैन । धरानमा डेंगुको प्रकोप महामारीको रुपमा देखा परेपछि धरानलाई जेठ २९ गते डेंगु प्रकोपग्रस्त क्षेत्र घोषणा गरियो । प्रदेश सरकारले डेंगु नियन्त्रणका लागि ८० लाख बजेट दिने भनिएसंग संगै निःशुल्क परीक्षण तथा उपचार गर्ने घोषणा पनि ग-यो ।

तर, प्रदेश सरकारले घोषणा गरेको रकम नत धराननै पुग्यो, नत डेंगु पीडितहरुले निःशुल्क उपचार नै पाए । निःशुल्क परीक्षण र उपचार धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान गर्ने भने पनि प्रतिष्ठानमा डेंगु परीक्षण गर्ने किट नहुदा पीडितहरु निजी मेडिकल तथा ल्याबहरुमा महंगो रकम तिरेर परीक्षण गर्न बाध्य छन् ।

अझै पनि धरानमा नियन्त्रण वाहिर रहेको डेंगु रोगको परीक्षणमा निजी अस्पताल तथा मेडिकलहरुले मनपरी शुल्क लिइरहेका छन् । डेंगु किटको मूल्य नेपाली बजारमा २ सय रुपैयासम्म पर्ने प्रतिष्ठानका चिकित्सकहरु बताउछन् । तर, निजी मेडिकल तथा अस्पतालहरुले १५ सय देखि ३ हजार रुपैयासम्म लिने गरेका छन् ।

धरान १८ स्थित बिर्तामोड डाईग्नोस्टिक प्रालिमा डेंगुको परीक्षण गराउदा १५ सय लिने गरेको छ । त्यसो त यस अघि पनि सोही प्रालिले सीबीसीको चार्ज ५ सय, एलएफटीको १ हजार र डेंगु सेरोलोजीका लागि ३ वटाको ७ सयका दरले २१ सय रुपैयाको असुल गरेको थियो ।

चिकित्सकका अनुसार डेंगु सेरोलोजी परीक्षण एउटै किटबाट गरिन्छ । एउटै किटले हुने ठाउमा ३ वटा किट प्रयोग गरेर महंगो मूल्य लिने गरेका छन् निजी ल्याबहरुले । प्रतिष्ठानमा किट अभाव भएको एक साता हुन लाग्दा समेत आएको छैन ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com