बझाङको बान्नी चौर माध्यमिक विद्यालयमा सेनेटरी प्याड निकाल्न मिल्ने मेसिन



प्रकाशित मिति : Jul 18, 2019
  • रिदम सिंह

बझाङ । बझाङ गाउँपालिका उप प्रमुख राधिका जोशीले एटिएम जस्तै कार्ड मेसिनमा राखिन्, एक छिनमै मै सेनिटरी प्याड फुत्त निस्कियो । बान्नी चौर माध्यमिक विद्यायलमा भेला भएका सबै छात्राहरु एक आपसमा मुखामुख गदै ताली बजाएर खुशी व्यक्त गरे । छाउँपडी प्रथा विरुद्ध अभियान सञ्चालन गरि रहेको छविसपाथिभेरा गाउँपालिकाले विद्यालयमा महिनावारीका बेला छात्राको पढाईमा असर नपरोस भनेर गाँउपालिकाले विद्यालयमा नै एटिएम सेनिटरी प्याडको व्यवस्था गरेको थियो ।

छात्राहरुलाई चाहिने सेनिटरी प्याड सहितको एटियम शौचालय सुरु गर्न बान्नी चौरमावि पहिलो स्कूल भएको छ । कार्यक्रमको उद्घाटन गदै गाउँपालिका उप प्रमुख राधिका जोशीले भनिन् महिनावारी भएकाका कारणले स्कूल नआउने दिनको अन्त्य अन्त्यको लागि गाँउपालिकाको पहलमा यस्तो सुविधा सुरु गरेको हो । छाउँपडी प्रथाले गर्दा धेरै छात्राहरुले स्कुल छोड्न् पर्ने बाध्यता रहेको भएका कारण गाउँपालिकाले छाउँपडी प्रथा बिरुद्धको अभियान समेत चलाउदै आएको र अबका केही बर्ष भित्रै अन्त्य गर्ने दाबी समेत गर्नुभयो ।

महिनाबारी भएको बेला अधिकाश किशोरीहरु विद्यालय आउन असहज मान्ने गरेको उप प्रमुख जोशी बताउँछिन् । मैले एटिएम शौचालयको समाचारमा पढेर आफूले पनि गाउँपालिका भित्रका सबै माध्यमिक बिद्यालयमा यो ब्यवस्था गर्न सोचका साथ काम गरेको हुँ, उपप्रमुख जोशीले बताइन् ।

ग्रामिण जलस्रोत ब्यवथापन परियोजना र गाउँपालिकाको संयुक्तm लगानीमा सुरु गरिएको उक्त परियोजना सुरु गरिएको गाउँपालिका अधिकृत भेषराज उपाध्यले बताए । उनले भने एटियम सहितको सेनिटरी प्याड शौचालय जिल्लामै पहिलो हो, जिल्लाका अरु गाउँपालिका र नगरपालिका अभ्यासमा रहे पनि छविसपाथिभेरा गाउँपालिकाले भने सुरु गरि सकेको छ । यो अभियान ग्रामिण जलस्रोत ब्यवस्थापन परियोजना लागु भएको गाउँपालिकामा पनि सुरु गर्न लागिएको छ ।

महिनावारी हुने पचास छात्रालाई शौचालय एटिएम कार्ड समेत वितरण गरिएको छ । सेनिटरी प्याड निकाल्न एटियममा लाग्ने शुल्क गाउँपालिकाले ब्यहोर्ने उप प्रमुख जोशीले बताइन् । एटियम कार्ड वितरण गदै उनले भनिन्, महिनावारीले गर्दा छात्रामा आउने समस्याको को न्यूनिकरण गर्नका लागि गाउँपालिकाले काम गदै आएको र आगामी दिनमा पनि गाउँपालिकाले छात्रा मैत्रि कार्यक्रम लाई निरन्तरता दिने छ ।

विद्यालयले पनि प्याडको लागि लाग्ने न्यूनतम शुल्क राख्ने बान्नी चौरर माविका प्राध्यापक लोकेन्द सिंहले बताए । विद्यालयले प्याड खरिद गर्न महंगो हुने भएका कारण प्याड बनाउने तालिम समेत दिई सकेको र अझै पुनः तालिम दिई आउदो दिनमा गाउँघरमै उत्पादन गर्ने सिंहले बताए ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com