अफ्रिकी नेसन फुटबल : ट्युनिसियालाई पराजित गर्दै नाइजेरिया तेस्राे स्थानमा



प्रकाशित मिति : Jul 18, 2019

काठमाडाैँ । अफ्रिका कप अफ नेशन फुटबल प्रतियोगितामा नाइजेरिया तेस्रो भएको छ ।

इजिप्टमा जारी प्रतियोगिता अन्तर्गत बुधबार राति तेस्रो स्थानका लागि भएको प्ले–अफ खेलमा ट्युनिसियालाई १–० ले पराजित गर्दै नाइजेरिया तेस्रो भएको हो । नाइजेरियाको जितमा ओडिअन इग्हालोले खेलको तेस्रो मिनेटमा नै गरेको गोल निर्णायक बन्यो ।

इग्हालो जारी प्रतियोगितामा सर्वाधिक गोलकर्ता खेलाडीको सूचिमा शीर्षस्थानमा छन् । उनले पाँच गोल गरेका छन् । कायरोमा भएको खेलमा ट्युनिसियाले पनि गोल गर्ने प्रयास गरेको थियो, तर सफल हुन सकेन ।

नाइजेरियाले तीनपटक अफ्रिका कप अफ नेशनको उपाधि जितेको छ । योसँगै नाइजेरिया ८ औं पटक तेस्रो भएको छ । उपाधिका लागि शुक्रबार सेनेगल र अल्जेरियाबिच प्रतिस्पर्धा हुँदैछ ।

सेनेगल पहिलो पटक च्याम्पियन बन्ने होडमा छ भने सन् १९९० को च्याम्पियन अल्जेरिया २९ वर्षपछि पुनः विजेता बन्ने लक्ष्यमा छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com