संघीयताको अभ्यास गर्दा संविधानको अपव्याख्या नगर्न स्थानीय सरकारलाई मन्त्री राईको आग्रह



प्रकाशित मिति : Jul 17, 2019

धुलिखेल । शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले प्रदेश सरकार र स्थानीय तहले संघीयताको अध्यास गर्दा संविधानको गलत व्याख्या गर्न नहुने बताउनुभएको छ । नगरपालिका संघले बुधवार धुलिखेलमा आयोजना गरेको कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री राईले प्रदेश सरकार र स्थानीय सरकारले संघीयताको अभ्यास गर्दा आफ्नो क्षेत्राधिकारको हेक्का राख्नुपर्ने बताउनुभयो ।

मन्त्री राईले भन्नुभयो, गाँउ–गाँउमा सिंहदरवार पुग्यो, तर सिहदरवारको अधिकार कतै बढी मात्रामा प्रयोग गर्दा जनताले दुःख पाउने अवस्था श्रृजना नहोस भन्नेमा केन्द्र सरकार चिन्तित छ । उहाँले संघियताको अधिकार मिच्ने सरकारको उद्देश्य नभएको स्पष्ट पार्दे प्रदेश र स्थानीय सरकारको अधिकारमा केन्द्र सरकारले कहिलेपनि हस्तक्षेप गर्न नचाहेको स्पष्ट पार्नुभयो ।

केही कानूनको निर्माणपछि तीन तहको सरकारबीच अधिकार बाँडफाँडको बिषय व्यवस्थित हुने भएकाले वर्तमान परिस्थितिलाई स्थानीय सरकारले बुझिदिनुपर्ने मन्त्री राईको भनाइ छ । नगरपालिकाहरुको गुरुयोजना शहरी बिकास मन्त्रालयले नै बनाउने भएकाले यही मन्त्रालयलाई नै सम्पर्क मन्त्रालय बनाउनेतर्फ अग्रह हुन समेत उहाँले सबै स्थानीय सरकारका प्रतिनिधिलाई आग्रह गर्नुभयो ।

नगरपालिकाहरुले बनाएको रणनीतिक कार्ययोजनालाई मन्त्रालयले आत्मसाथ गरेर आगामी दिनमा सहकार्य र समन्वय गरेर अघि बढ्ने मन्त्री राईको भनाइ छ । भोलिसम्म चल्ने कार्यशाली गोष्ठीमा नगरपालिकाहरुको भावी रणनीतिक योजनाबारे छलफल हुनेछ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com