दुई छोरीमात्र जन्माएका ३० दम्पतीलाई सम्मान गरियो



प्रकाशित मिति : Jul 17, 2019

ओखलढुंगा । छोरी जन्मिदा अझै पनि सशंकित हुने समाज यथावत छ । छोराको चाहनामा बहु–विवाह गर्नेदेखि शहरी क्षेत्रमा नजन्मिंदै भ्रुण हत्या गर्ने प्रवृत्ति छ । तर, ओखलढुंगाको सिद्धिचरण नगरपालिका यो विषयमा अलिक फरक छ ।

ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले दुइमात्र छोरी जन्माएका दम्पतीलाई सम्मान मात्र नभई अन्यलाई पनि प्रेरित गर्ने सराहनीय काम गरेको छ ।

समाजका बेथिति र बिसंगति परिवर्तन गर्ने भनेको दृष्टिकोणले हो । कुनै नियममा बाँधेर भन्दा पनि सामाजको सोच बदल्ने हैसियत सामाजिक मूल्य मान्यताका आधारमा नै हुनेगर्दछ । यही सामाजिक चरित्र परिवर्तन गर्न ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले प्रशंसनीय काम गरेको छ ।

नगरपालिकाले १२ वटा वडामा छोरी मात्र भएका ३० जोडी दम्पत्तीलाई सम्मान गरेर छोरीको महत्व मात्र नभई समाजको हेर्ने दृष्टिकोणमा परिवर्तनको संकेत दिएको छ । नगरपालिकाले हरेक दम्पतीलाई ५ हजार नगद सहित दोसल्ला ओढाएर सम्मान ग¥यो ।

समाजमा रहेको छोरा र छोरीबीचको भेदभावलाई चिर्दै दुई सन्तान ईश्वरको बरदान भन्ने अभिप्रायका साथ दुईजना छोरीमात्र जन्मिएर परिवारको रहर पूरा गरेका अबिभावकलाई सम्मान गरेको छ । छोरी जन्माएको परिवार भनेर अपहेलित हुने दम्पत्तिहरु नगरपालिकाबाट सम्मान पाउँदा हर्षविभोर छन् । पितृसतात्मक सोचबाट ग्रसित समाजमा यस किसिमको कार्यक्रमले छोरी पाउँदा गर्व महसुस गर्न थाले्का छन् ।

नगरपालिकाको यो उदाहरणीय कामको यतिबेला ओखलढुंगामा निकै चर्चा छ । छोरा र छोरीमा हेर्ने दृष्टिकोण देखि गर्ने व्यवहारसम्मका लागि गतिलो सन्देश नगरपालिकाले दिएको छ । सुन्दर समाज निर्माणका लागि पहिले भेदभाव अन्त्य हुनुपर्ने भन्दै लागिपरेको नगरपालिका यो निर्णय अहिलेसम्मकै ठूलो र गर्व गर्न लायक निर्णय भएको महसुस गर्छ ।

सिद्धिचरण नगरपालिकाले गत वर्षको नीति तथा कार्यक्रममा नै दुईछोरीमात्र जन्माएर स्थायी रुपमै बध्याकरण गरेका दम्पतीलाई प्रोत्साहान स्वरुप सम्मान गर्ने निति अगाडि सारेको थियो । सोही नीति अनुसार नगरपालिकाले ३० जोडी दम्पत्तिलाई सम्मान गरेर स्थानीय तहको महसुस र समाजप्रति उत्तरदायी भूमिका निर्वाह गरेकोमा स्थानीय पनि खुसी छन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com