कतारमा आयोजना हुने सन् २०२२ को विश्वकपका लागि एसियाको छनोटको तालिका सावजनिक



प्रकाशित मिति : Jul 17, 2019

काठमाडौं । कतारमा आयोजना हुने सन् २०२२ को विश्वकपका लागि एसियाको दोस्रो चरणको छनोटमा नेपाल समूह ’बी’ मा परेको छ ।

फिफाले सार्वजनिक गरेको ड्रमा नेपाल समूहबीमा परेको हो । नेपालको समूहमा एसियाली पावर हाउस अष्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपे छन् । दोस्रो चरणको छनोट आगामी ५ सेप्टेम्बरबाट ९ जुनसम्म हुनेछ ।

दोस्रो चरणको छनोटमा ४० टोलीले होम एण्ड अवेको आधारमा प्रतिस्पर्धा गर्ने छन् । जसलाई ८ समूहमा विभाजन गरिएको छ  । दोस्रो चरणको छनोटबाट ८ समूह विजेता र ४ उत्कृष्ट उपविजेता गरी १२ टोलीले एसियाको अन्तिम छनोटमा स्थान बनाउने छन्  ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com