थाइल्यान्डमा जारी एसियन हकीमा नेपाली महिला टिमको पहिलो जित



प्रकाशित मिति : Jul 17, 2019

काठमाडौं । थाइल्यान्डमा जारी एसियन इन्डोर हक्कीमा नेपालको महिला टिमले पहिलो जित निकालेको छ ।

थाइल्यान्डको चोन्बुरीमा बुधबार फिलिपिन्सलाई ३/२ गोल अन्तरले हराउदै नेपालले पहिलो जित निकालेको हो । बलियो फिलिपिन्सविरुद्ध नेपालले निकै उत्कृष्ट प्रदर्शन गरेको थियो । नेपालको जितमा देविका विकले दुई र निलिमा पाण्डेले एक गोल गरिन् ।

समूह ’ए’ मा रहेको नेपाल यसअघि साविकको विजेता काजकिस्तानसँग ८÷० र उज्बेकिस्तानसँग ९÷० गोल अन्तरले पराजित भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com