खजुरा गाउँपालिकाले हरित “खजुरा” बनाउँदै



प्रकाशित मिति : Jul 17, 2019
  • भगतराम चौधरी

खजुरा ०१ साउन । खजुरा गाउँपालिकाले हरित “खजुरा” बनाउने गुरु योजना ल्याएको छ । कृषिमा दिगो विकास र हरित खजुरा भन्ने मुल नाराका साथ गाउँपालिकाले हरित खजुरा बनाउने गुरु योजना ल्याएको हो ।

खजुरा गाउँपालिका बाँकेको आयोजनामा बुधवार खजुरामा पत्रकार सम्मेलन गरि “खजुरा” लाई हरित “खजुरा” बनाउने रणनिती वारे छलफल गरिएको छ । उज्बेकिस्तानको ताशकेन्ट शहरमा सम्पन्न भएको ग्रिन इकोनोमी सुमित कार्यक्रममा युनेस्को सिटिज् प्रोजेक्ट, चाइना इन्च्युट् फर साउथ साउथ कोप्रेसन इन अग्रिकल्चर वल्ड फुड प्रोग्राम, चाइना सेन्टर अफ एक्सलेन्स, युएनडिपी, आईएफएडी, एफएओ र खजुरा गाउँपालिकासंग कृषिमा दिगो विकास गरि हरित शहर बनाउन साझेदारीको सुरुवात गरिएको थियो ।

चाइना इन्च्युट् फर साउथ साउथ कोप्रेसन इन अग्रिकल्चर विच सयुक्त हस्ताक्षर गरि खजुरा गाउँपालिकाको कृषिमा दिगो विकासको परियोजना प्रवेश पाएको पत्रकार सम्मेलनमा खजुरा गाउँपालिकाका प्रमुख किस्मत कुमार कक्षपतिले जानकारी दिनुभयो । खजुरा गाउँपालिकामा हरित कृषि विकासको समर्थन, गाउँ र शहर विकासको विचमा राम्रा अभ्यासहरुको पारस्परिक शिक्षा र सिकाई आदानप्रदानको सुविधा खजुरा गाउँपालिका र चिन क्षेत्रका शहरहरुसंग रहने सयुक्त हस्ताक्षर पत्रमा उल्लेख गरिएको छ ।

सन २०२० देखि यस परियोजनाले हाम्रो कृषिमा रहेको बर्तमान अवस्थामा आमुल परिवर्तन ल्याउने प्रमुख कक्षपतिले जानकारी दिनुभयो । सिचाई, प्रविधि, उन्नत विउ विजन, प्रविधिज्ञको प्रभावकारी व्यवस्थापन र परिचालन गरि हालको परम्परागत निर्वाहमुखि कृषि प्रणालीलाई यस सम्झौताको कार्यन्वयनले सम्मुनत र समृद्धि गर्ने लक्ष्य रहेको प्रमुख कक्षपतिको भनाई छ ।

परियोजनाले गरिवी न्युनिकरणका साथै व्यवस्थित हरित शहरको विकास गरि नेपालकै नमुना गाउँपालिका बनाउने योजना रहेको पत्रकार सम्मेलनमा गाउँपालिकाका प्रमुख कक्षपतिले जानकारी गराउनुभयो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com