‘वीर विक्रम २’ लण्डन सो: कालो ड्रेसमा सजिएकी अभिनेत्री वर्षा



प्रकाशित मिति : Jul 17, 2019

काठमाडौं । फिल्म ‘वीर विक्रम २’ लण्डनमा विशेष सो सम्पन्न भएको छ । फिल्मको सो लण्डनमा सम्पन्न भएको हो । फिल्मको मुख्य भूमिकामा अभिनेत्री वर्षा सिवाकोटी,अभिनेता पल शाह, नाजिर हुुुसेन र बुद्धि तामाङ रहेका छन् ।

फिल्म ‘वीर विक्रम २’ मिलन चाम्सले निर्देशक तथा निर्माण गरेका हुन् । फिल्मको कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाजको रहेको छ । फिल्मको लण्डन सोमा वर्षा सिवाकोटी र मिलन चाम्सका उपस्थिती थिए । सोको केही तस्वीरहरु आएको छ । फिल्ममा मित्रता र प्रेमको कथा रहेको छ । यति बेला विभिन्न देशाहरुमा फिल्म वीर विक्रम २’को सो चलिरहेको छ ।

वीर विक्रम–२’ मा पल र वर्षासँगै नाजिर हुसेन, देशभक्त खनाल, मनोज केसी, बुद्धि तामाङ लगायत कलाकारहरुले अभिनय गरेका छन् । वीर विक्रम २’को लण्डन सोमा अभिनेत्री जसिता गुरुङ पनि देखिएकी छन् । फिल्म जेठ ३ गतेबाट प्रदर्शनमा आएको हो ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com