ज्यान जोगाउन पाउ भन्दै गायक बद्री पंगेनी विरुद्ध प्रहरीमा उजुरी



प्रकाशित मिति : Jul 17, 2019

काठमाडौं । लोक गायक तथा ‘लोक दोहोरी प्रतिस्थान’का अध्यक्ष बद्री पंगेनीविरुद्ध ज्यान जोगाउन माग गर्दै प्रहरीमा उजुरी दर्ता भएको छ । काठमाडौं सितापाइला निवासी निमा दोर्ची शेर्पाले काम गरेको पारिश्रमिक माग्दा आफूलाई गायक पंगेनीसहित तीन जनाले ज्यानै लिने धम्की दिएको भन्दै उजुरी दर्ता गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा गायक पंगेनी र उनका साथीहरु विजय सिंह, सुवास अधिकारीविरुद्ध उजुरी परेको हो । काठमाडौं प्लाजामा सञ्चालन गरेको नीरमाया दोहोरी साँझमा काम गरेको रकम माग्न धम्की दिएको भन्दै उनीहरुविरुद्ध उजुरी परेको हो ।

शेर्पाले सञ्चालन गरेको श्रृष्टी फर्निचरबाट झण्डै ५५ लाख रुपैयाँ बढीको लागत दोहरी साँझमा नयाँ डेकोरेशन गरेका र काम सम्पन्न गरेको ३ महिनापछि पैसा माग्न जाँदा धम्की दिएको पीडित पक्षको भनाइ छ । यस विषयमा आरोपित बद्री पंगेनीलगायतले कुनै धारणा सार्वजनिक गरेका छैनन् ।

लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष समेत रहेका पंगेनी विवाद आइरहने लोक गायक हुन् । केही समय अगाडि उनी काठमाडौंमा जुवा खालबाट रंगेहात पक्राउ परेका थिए । केही समय प्रहरी हिरासतमा रहेका पंगेनी सत्तारुढ नेकपाका नेताहरुको दबाबमा छुटेका थिए ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com