सधैँ डुवानको पीडा झेल्न बाध्य तराई

प्रकाशित मिति : Jul 17, 2019
  • कृष्ण थपलिया

सर्लाही, श्रावण १ । सर्लाहीसहित तराईका विभिन्न जिल्लाका नागरिकहरु सधैँ पीडाको घेराभित्र बाधिरहेका छन् । उनीहरु दशकौदेखि डुवानको समस्या झेल्दै आएका छन् ।

कहिले हावाहुरी, कहिले बाढी, त कहिले विकासको नाममा विकास बिहिन भौतिक संरचनाको प्रभावबाट डुवानमा परेका छन् तराइका जिल्लाका नागरिकहरु । नगरिक डुविरहदा सरकार भने उनीहरुको पीडिाको रमिता हेरिरहेको देखिन्छ । आफ्ना नागरिक डुवानमा पर्दा सरकार हवाई निरिक्षणमा व्यस्त छ ।

प्रभावित क्षेत्रको निरिक्षण हुनु स्वभाविक नै हो तर नागरिक नाना र छानाविहिन हँुदा राहत कार्यक्रम प्राथमिक्तामा रहनु पर्ने हो । तर यस्तो भएको छैन । सर्लाहीको ढापटोलका झण्डै ६५ घर परिवार वर्षैदेखि वर्षामा निदाउन पाएका छैनन् । नागरिकहरु पालो गरेर निदाउने कोसीस गर्छन् । बागमती नदीको बाधमा डराइडराइ जीवन जिउन बाध्य भएका छन् उनीहरु ।

डुवानबाट अति प्रभावित सर्लाहीको दक्षिण–पश्चिम भेगमा पर्ने धनकौल गाउँपालिका–३, ढापटोलका स्थानीयवासी एकसातादेखि घर फर्किन सकेका छैनन् । मनुष्मारा सिँचाई नहरको पानी बस्तीमा पसेपछि त्यहाँका ६२ घर डुबानमा परेका छन् । अझै पनि घर डुबानमै रहेकाले बागमती नदीको बाँध माथि जोखिमपूर्ण ढङ्गले त्रिपाल टाँगेर बस्न बाध्य भएको स्थानीयको गुनासो छ ।

स्थानीयवासीले राहतको नाममा हालसम्म एक थान त्रिपाल, दुई किलो चिउरा र दुई पोका चाउचाउ बाहेक केही पाएका छैनन् । आफूहरुको क्षेत्रमा दशकौँदेखि यस्तो समस्या रहेको भन्दै स्थानीयबासीले दीर्घकालिन समाधानको माग गरेका छन् । डुबानबाट विस्थापित भएपछि पशुचौपायसहित विद्यालयमा शरण लिएर बसेका धनकौल गाउँपालिका–४, महिनाथपुरका स्थानीयबासी राहतको अपिल गरेका छन् ।

पानी कम हुँदै गएपछि बुधवारदेखि केहि स्थानीयहरु घर फर्किन थालेका धनकौलस्थित ईलाका प्रहरी कार्यालय हरकठवाका प्रहरी नायब निरीक्षक मोहन कटुवालले जानकारी दिनुभयो । पाँच दिनसम्म भएको भारी वर्षाले जिल्लाको दक्षिण–पश्चिम भेगमा पर्ने धनकौलसहित बसबरिया, रामनगर, चक्रघट्टा र विष्णु गाउँपालिका तथा बलरा, गोडैता र बरहथवा नगरपालिकाका दर्जनौं बस्ती प्रभावित भएका छन् ।

सदरमुकाम मलङ्गवा नगरपालिका र दक्षिण–पूर्वी भेगमा पर्ने ब्रह्मपुरी गाउँपालिका पनि कटान तथा डुवानबाट प्रभावित छ । डुवान पिडितले राहत पाउन नसकेको गुनासो गरिरहदा जिल्ला प्रशासन कार्यालय सर्लाहीले भने प्रभावित क्षेत्रमा राहत वितरणको कार्य जारी रहेको जनाएको छ ।

मंगलवारसम्म सदरमुकाम मलङ्गवा स्थित नगरपालिकामा पाँच सय थान, धनकौल गाउँपालिकामा ३५० थान, रामनगर गाउँपालिकामा तीन सय थान र बलरा नगरपालिकामा २५० थान त्रिपाल वितरण गरिएको कार्यालयका प्रशासकीय अधिकृत दीपक दाहालले जानकारी दिनुभयो ।

प्रभावित क्षेत्रमा केही मात्रामा चिउरा, चाउचाउ, दालमोठलगायतका खाद्यन्न समेत वितरण गरिएको छ । सबै प्रभावित समक्ष राहत पु¥याउन स्थानीय तह, प्रदेश सरकार र केन्द्र सरकारसँग समन्वय गरिरहेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले बताउनुभयो । राहत र उद्धारको टोली पुग्न नसकेको ठाउँका स्थानीयले भने आफ्नै किसिमले पुनःस्थापित हुने प्रयास गरिरहेका छन् । पाँच दिनसम्म भएको भीषण वर्षाले जिल्लाको हुलाकीसहित भित्री कच्ची सडक बिग्रिएको छ ।

ठाउँ–ठाउँमा सडक बगाएकाले दक्षिण–पश्चिम र दक्षिण–पूर्वी भेगबाट सदरमुकाम मलङ्गवा आउजाउ गर्न स्थानीयवासीलाई मुस्किल परिरहेको छ । ग्रामिण सडकमा मोटरसाइकलबाहेक भाडाका ठूलाखाले सवारी चल्न सकेका छैनन् । खराब सडककै कारण प्रभावित क्षेत्रमा राहत लिएर जान पनि मुस्किल परिरहेको धनकौल गाउँपालिका निवासी प्रदेशसभा सदस्य वीरेन्द्रकुमार सिंहले बताउनुभयो ।

पानी पर्न कम भएपछि प्रभावित क्षेत्रमा डुबानको समस्या हट्दै गए पनि जनजीवन पूर्णरुपमा सामान्य बन्न सकेको प्रदेशसभा सदस्य सिंहले बताउनुभयो ।
मलङ्गवा वितरण केन्द्रअन्तर्गतका ग्रामिण भेगमा एक सातादेखि अवरुद्ध विद्युत् अझै राम्रो संग सूचारु नहुँदा जनजीवन थप प्रभावित बनेको छ । सर्लाहीको ढापटोल एउटा प्रतिनीधि थलो मात्र हो प्रायः तराईका नदी तटिए क्षेत्रमा बस्ने नागरिक यस्तै समस्यमा छन् ।

नदीको तटवन्ध पछि निस्कएको आफ्नो जमिनले उनिहरुलाई समस्यामा परिरहेको छ । यसको दीर्घकालिन समाधानको लागि राज्य गम्भिर हुनै पर्छ । जोखिम युक्त क्षेत्रका नागरिकलाई राज्यले पुर्नस्थिापित गर्नै पर्छ । जोखिम युक्त क्षेत्रमा विक्षारोपण गर्ने र नागरिकलाई उसको जमिनको सट्टाभरणा गर्नु उपयुक्त बिकल्प हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com