‘द डार्क एण्ड लाइट’ को ट्रेलर सार्वजनिक



प्रकाशित मिति : Jul 17, 2019

काठमाडौं । फिल्म ‘द डार्क एण्ड लाइट’को अफिसियल ट्रेलर र गीत रिलिज भएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी फिल्मको ट्रेलर र गीत सार्वजनिक गरिएको हो ।

फिल्मको सार्वजनिक ‘राधा किसन’ गीतमा राजेन्द्र थापाको शब्द छ भने, दीपक शर्माले सङ्गीत भरेका छन् । फिल्मको गीतमा डेविड शङ्कर र सरस्वती भुजेलको स्वर दिएका हुन् । खालिङ सिस्टर्स मूभिज प्रा.ली.को ब्यानरमा निर्माण भएको फिल्मको कथा, पटकथा तथा संवाद पिटर खालिङ राईले लेखेका छन् । सार्वजनिक ट्रेलरमा एक्सन र बदला देखाइएको छ । प्राथमिकता दिइएको छ ।

खेलाडी शेसुका राई फिल्मको ट्रेलरममा एक्सन अवतारमा देखेकी छिन् । फिल्ममा पिटरनिर्देशक अभिनेता पिटर खालिङ र सरस्वती भुजेलको संयुक्त लगानी रहेको छ । ‘द डार्क एण्ड लाइट’ फिल्मलाई राजु अर्यालले निर्देशन गरेका हुन् ।

फिल्ममा पिटर खालिङ, सरस्वती भुजेल, शेसुका राई, मरिष्का पोखरेल, मनिल तामाङ लगायतका कलाकारहरुले अभिनय गरेका छन् । फिल्म भदौ ६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com