भारतको मुम्बई शहरमा दशकौं पुरानो भवन भत्किँदा १४ जनाको ज्यान गयाे



प्रकाशित मिति : Jul 17, 2019

एजेन्सी । भारतको मुम्बई शहरमा दशकौं पुरानो भवन भत्किँदा १४ जनाको मृत्यु भएको छ । मुम्बईको डोनग्री क्षेत्रमा अविरल वर्षासँगै केशरभाई भवन भत्किएको थियो ।

वर्षाका भवनको संरचना कमजोर हुँदै गएको र उचित मर्मत नहुँदा सो घटना भएको हुन सक्ने अनुमान अधिकारीहरुले गरेका छन् । महाराष्ट्रका मुख्य मन्त्री देवेन्द्र फर्णाडवेसले घटना प्रति दुस्ख जनाउँदै मृतकको परिवारलाई राज्य को तर्फबाट ५० लाख भारतीय रुपैया र घाइतेहरुको सम्पूर्ण खर्च सरकारले बेहोर्दै जनही ५० हजार भारतीय रुपैया दिने घोषणा गरेका छन् । सय वर्ष पुरानो वस्तीमा निर्मित उक्त भवन भित्र करिब ४० जना फसेका बताइएको छ ।

भवन भित्रबाट धेरैलाई उद्धार गरिएपनि अझै घटनास्थलमा प्रहरी र सुरक्षाकर्मीले उद्धार कार्य जारी राखेको जनाएको छ । भवनबाट जीवितै मानिसहरुको उद्धार हुने आशा नरहेको भन्दै अधिकारीहरुले मृतकको संख्या बढ्न सक्ने बताएका छन् । मुम्बईमा १० दिनयता भवन भत्किएको यो दोस्रो घटना हो ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com