अमेरिका भ्रमणमा रहेको इंग्लिस क्लब आर्सनल मैत्रीपूर्ण खेलमा विजयी



प्रकाशित मिति : Jul 17, 2019

एजेन्सी । अमेरिका भ्रमणमा रहेको इंग्लिस क्लब आर्सनलले मैत्रीपूर्ण खेलमा विजयी भएको छ । मैत्रीपुर्ण खेलमा आर्सनलले अमेरिकी क्लब कोलोराडो रापिङ्सलाई पराजित गरेको हो । गएराति भएको खेलमा आर्सनललाई सहज जित दिलाउन बोकायो साकाले १३ औं मिनेटमा पहिलो गोल गरेका थिए ।

यस्तै खेलको २९ औं मिनेटमा जेम्स ओलायिङ्काले गोल गरेर अग्रता दोब्बर पारे । खेलको दास्रो हाफको ६१ औं मिनेटमा गाब्रियल मार्टिनेलीले गोल गर्दै आर्सनललाई सहज जित दिलाए । आर्सनलले अमेरिका भ्रमणसँगै इन्टरनेशनल च्याम्पियन्स कप खेल्नेछ ।

गत सिजनको पाँचौं स्थानमा रहेर युरोपा लिगको लागि स्थान बनाएको आर्सनलले यो सिजनको प्रिमियर लिग समर बजेटको लागि ४० मिलियन पाउण्ड मात्र छुट्याएको छ । आर्सनलले अगस्ट ११ मा न्यूक्यासल युनाइटेडकाविरुद्ध प्रिमियर लिगको पहिलो खेल खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com