युरोपेली आयोगको अध्यक्षमा जर्मनीकी उर्सुला वॉन डेर लियन निर्वाचित, अध्यक्ष निर्वाचिन हुने पहिलो महिला



प्रकाशित मिति : Jul 17, 2019

काठमाडौं । युरोपेली आयोगको अध्यक्ष पदमा जर्मनीकी उर्सुला वॉन डेर लियन निर्वा्चित भएकी छन् । जर्मनीको रक्षामन्त्री रहेकी उनले अब युरोपेली आयोगका अध्यक्ष हुवा क्लाउनड जंकरको कार्यकाल नोभेम्बर १ देखि सकिएपछि जिम्बेवारी लिनेछन् ।

युरोपेली संसदमा मतदानमा कूल सदस्यको आधा भन्दा बढी सदस्यले लेयेनको पक्षमा मतदान गरेका थिए । आयोगले युरोपेली संघ(इयु)को कानुनको मस्यौदा बनाउने, त्यसलाई कार्यान्वयन गराउने र आवश्यक परेमा सदस्य राष्ट्रलाई जरिवाना तिराउने काम समेत गर्दछ । निर्वा्चित भएपछि उनले आफूमाथि गरिएको विश्वास युरोपमाथि गरिएको विश्वास भएको बताइन् ।

उनी युरोपेली आयोगको अध्यक्ष निर्वा्चित हुने पहिलो महिला हुन् । ६० वर्षिया उनले इयुलाई सामाजिक भलाइमा केन्द्रीत गर्न महत्वपूर्ण भूमिका खेल्ने जनाएकी छन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com