सांसदप्रतिकाे टिप्पणीमा फस्दै छन् ट्रम्प, उनीविरुद्ध ‘निन्दा’ प्रस्ताव पारित



प्रकाशित मिति : Jul 17, 2019

एजेन्सी । अमेरिकाको प्रतिनिधिसभाले राष्ट्रपति डोनाल्ड ट्रम्पले चार महिला सांसदप्रति गरेको नस्लवादी टिप्पणीविरुद्ध निन्दा प्रस्ताव पारित गरेको छ ।

राष्ट्रपति ट्रम्पको टिप्पणीलाई नस्लवादी भन्दै प्रस्तावमा त्यसले अमेरिकामा त्रास र घृणालाई वैधता दिने बताइएको छ ।

१ सय ८७ सदस्यीय डेमोक्र्याटिक सांसदहरु रहेको अमेरिकी प्रतिनिधिसभाले २ सय ४० मतमा साथ प्रस्ताव पारित गरेको छ । यसको अर्थ सो प्रस्तावको पक्षमा ट्रम्पका रिपब्लिकन पार्टीका सांसदहरुले समेत समर्थन गरेका थिए ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले चार महिला सांसदलाई लक्षित गर्दै ट्विटरमा श्रृद्धलावद्ध रुपमा टिप्पणी गरेका थिए । त्यसमा व्यापाक रुपमा आलोचना भएपछि ट्रम्पले आफू नस्लवादी नभएको दावी गरेका थिए । ट्रम्पले चार सांसदहरुलाई अमेरिका चित्त नबुझे देश छाड्न सक्ने बताएका थिए ।

उनले आफू नस्लवादी नभएको र नहुने बताएका छन् । उनको आफू नस्लवादी नभएको दावी अमेरिकी प्रतिनिधिसभाले सांकेतिक प्रस्ताव पारित गर्ने तयारी शुरु गरेपछि गरेका थिए । सो प्रस्तावको कुनै कानुनी हैसियत भने हुने छैन ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com