विप्लवका दुई कार्यकर्ताले गरे आत्मसर्मपणसहित पार्टी परित्याग



प्रकाशित मिति : Jul 17, 2019

नुवाकोट । नेत्रविक्रम चन्द नेकपा विप्लवका दुई कार्यकर्ताले जिल्ला प्रशासन कार्यालय नुवाकोटमा आत्मसर्मपणसहित पार्टी परित्याग गरेका छन् ।

मंगलबार प्रेस बिज्ञप्ति जारी गरी सुर्खेत नगरपालिका वडा नं ४ बस्ने १९ वर्षिय विष्णु भण्डारी र गोर्खाको आरुघाट गाउँपालिका वडा नं ७ का ३६ वर्षिय सरोज न्यौपानेले पार्टि परित्याग गरेको जनाएका हुन् ।

उनीहरू बिगत केहि महिनादेखि नेकपा विप्लवको साधारण सदस्यका रुपमा कार्य गर्दै आएका थिए । तीमध्ये न्यौपाने पूर्व सशस्त्र प्रहरी हवल्दार हुन् । उनी दुई महिना अगाडि उक्त पार्टीमा क्रियाशिल भई एकमहिनादेखि नुवाकोटमा सक्रिय रहेका थिए । भण्डारीले यसै साल एस।ई।ई उत्तीर्ण गरी काठमाडौँबाट नुवाकोट आई काम गर्दै आईरहेको खबर नेपालसमाचार पत्रले लेखेको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com