कैदीलाई मस्ती–कारागार भित्रै ‘मदीरा र चरेस’ पार्टी ! पूर्व उपराष्ट्रपतिका सवारी चालकले तलब नै पाएनन् (भिडियो)



प्रकाशित मिति : Jul 16, 2019

काठमाडौं । न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४०५ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ ।

आजको एपिसोडमा निम्न विषयमा रिपोर्ट प्रस्तुत गरिएको छः

१. बझाङको कारागारभित्र दिनहुँ जुवा र मदीरा पार्टी, सय रुपैयाँ पर्ने मदीराको मूल्य एक हजार !

बझाङ । कारागारमा रहेका कैदीलाई पैसा लिएर रेष्टुरेन्टहरुमा लैजाने, होटलहरुमा जान दिने गर्ने गरिन्छ । यो कैदीहरुको कमाई खाने तरिका हो । कारागारभित्र मदीरा पार्टी चल्छ, खुलेआम चरेस पाइन्छ । यो बाझङ जिल्लाको कारागारको हो । कैदीहरु मज्जाले मदीरासँग मःम खाइरहेका छन् । चुरोट पनि छ । मदीरा नखानेहरुका लागि चरेसको पनि व्यवस्था छ ।

२. स्वास्थ्यकर्मीको अभावमा कार्यालय सहयोगीले सुत्केरी गराउँदै

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका–७ मा रहेको पिना स्वास्थ्य चौकीमा अनमीको समेत अभाव भएपछि कार्यालय सहयोगीले नै सुत्केरी गराउँदै आएका पाइएको छ । २०६९ सालमा वर्थिङ सेन्टर स्थापना भएपनि दरबन्दी अनुसारको अहेब समेत गाँउमा नभएपछि स्वास्थ्य चौकीकी कार्यालय सहयोगी पदमकला नेपालीले नै स्वास्थ्य चौकीमा आउने गर्भवती महिलालाई सुत्केरी गराउने गरेकी छन् ।

३. पूर्व उपराष्ट्रपति परमानन्द झाका सवारी चालकले तलव पाएनन्

काठमाडौं । पारिवारको हात मुख जोड्ने घरको मुख्य मान्छेको तलब आएन भने परिवार र स्वयम व्यक्ति कति समस्या पर्छ ? विगत ४५ महिनादेखि त्यही समस्या भोगिरहेका छन् पूर्व उपराष्ट्रपति परमानन्द झाका ड्राइभर जयनारायण यादवले । १२ बर्षदेखि उप–राष्ट्रपतिको कार्यालयमा सवारी चालकका रुपमा रहेका उनी पूर्व उप–राष्ट्रपतिको अवकाशसँगै एउटा गाडी, चालक र अंगरक्षक उपलब्ध गराएको थियो । उप–राष्ट्रपतिको कार्यालयमा मासिक १४ हजार तलब बुझ्दै आएका उनी अवकाश प्राप्त पूर्व–उपराष्ट्रपति झाको सवारी चलाउन पुगेपछि भने अहिलेसम्म तलब सुविधा पाएका छैनन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com