६ वर्षीय बालकले २ घण्टामा ४ हजार २ सय पटक पुसअप गरेर बनाए रेकर्ड



प्रकाशित मिति : Jul 16, 2019

एजेन्सी । रुसमा एक ६ वर्षीय बालकले मात्र २ घण्टामा ४ हजार २ सय पटक पुसअप गरेर रेकर्ड कायम गरेका छन् । उनको यो कीर्तिमानलाई रसियन बुक अफ रेकर्डमा सामेल गरिएको छ ।

इब्राहिम लियानोभ नामक यी बालकले २ घण्टामा ४ हजार २ सय पटक पुसअप गरेर रसियन बुक अफ रेकर्डस्मा आफ्नो किर्तिमान सामेल गराएका छन् । उनले पुसअप गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

मिडिया रिपोर्टका अनुसार रुसको एक स्थानीय स्पोर्टस् क्लबले इब्राहिमको उक्त कीर्तिमानबाट खुसी भएर ती बालकलाई पुरस्कारको रुपमा घर दिने घोषणा समेत गरेको छ । यसअघि गतवर्ष रुसमा एक पाँच वर्षका बालकले निरन्तर ४ हजार १ सय ५ पटक पुसअप गरे रेकर्ड कायम गरेका थिए ।

उनलाई रुसी राष्ट्रपति भ्लादमिर पुटिनका आफन्त रमजान काडेरोभले पुरस्कारको रुपमा एक मर्सिडिज कार उपहार दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com