नेपाल सिन क्योकुसिन कराँते संघले गुरु पूर्णिमामा ग-यो गुरुहरुको सम्मान



प्रकाशित मिति : Jul 16, 2019

काठमाडौंं, ३१ असार । गुरु पूर्णिमाको अवसरमा आज नेपाल सिन क्योकुसिन कराँते संघले आज बिभिन्न कार्यक्रमको आयोजना गरेको छ ।

कीर्तिपुरको बाग भैरवमा आयोेजित कार्यक्रममा संघ अन्र्तगतका खेलाडीहरुले संघको नेपाल ब्राञ्च चिफ सूर्यबहादुर बुढाथोकी, रामनारायण घिमिरे, जनक बर्तौला, पूण्यप्रसाद श्रेष्ठलगायतको सम्मान गरेका थिए ।

कार्यक्रममा आफ्नो धारणा राख्दै प्रशिक्षक तथा खेलाडी राम नारायण घिमिरेले नेपालमा फुुलकन्ट्याक्ट करातेको संस्थागत विकास आवश्यक रहेको उल्लेख गर्दै फुलकन्टयाक्ट कराँते छिन्नभिन्न नभई एक भएर अगाडि बढ्न जरुरी भएको बताउनु भयो ।

उहाँले मुलुकका लागि अनुशासित जनशक्ति उत्पादन गर्न खेलकुदको भूमिका महत्वपूर्ण हुने बताउदै मुलुकको वृहत्तर विकासका लागि पनि खेलकुदको विकास अपरिहार्य भएको बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com