ट्रयाक्टर पल्टिदा एकको मृत्यु



प्रकाशित मिति : Jul 16, 2019

इनरुवा । सुनसरीको इनरुवा ९ मा ट्रयाक्टर पल्टदा च्यापिएर एकजनाको ज्यान गएको छ ।

खेत जोत्ने क्रममा हिलोमा फसेको ट्रयाक्टर पल्टदा घाईते भएका स्थानीय २४ वर्षिय चन्दनकुमार मेहताको उपचारका क्रममा ज्यान गएको हो ।गम्भिर घाईते मेहतालाई उपचारकालागि इनरुवा अस्पताल पुयाईको थियो । सुनसरी प्रहरीका अनुसार मेहताको उपचारको क्रममा ज्यान गएको हो ।

को २ त ८३४० नम्बरको ट्रयाक्टर पल्टदा च्यापिएर ज्यान गुमाएका मेहता चालक भने हैनन् । स्थानीयका अनुसार मेहता खेत जोत्ने क्रममा फसेको ट्रयाक्टर निकाल्न मद्दत गर्न पुगेका थिए ।ट्रयाक्टर पल्टन लागेपछि चालक हाम्फालेर बाँच्न सफल भएपनि मेहताले भने आफ्नो बचाऊ गर्न नसकेका कारण ज्यान गुमाउनु परेको स्थानीयहरुको भनाई छ ।

यद्यपी प्रहरीले भने प्रारम्भिक सूचनाको क्रममा च्यापिएर मेहताको मृत्यु भएको भन्ने बुझिन आएकाले अनुमानको भरमा निष्कर्श निकाल्न नसकिने जनाएको छ ।

घटनाको बारेमा अनुसन्धान जारी रहेको बताउने सुनसरी प्रहरीले दुर्घटनाको विषय अनुसन्धानको क्रममा रहेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com