काठमाडौंबाट नारायणगढतर्फ गईरहेको माइक्रोबस चितवनमा पल्टियो, ७ घाईते एकको अवस्था गम्भीर



प्रकाशित मिति : Jul 15, 2019

काठमाडौं । काठमाडौंबाट नारायणगढ तर्फ गइरहेको माईक्रोबस दुर्घटना हुँदा ७ जना घाईते भएका छन् । सोमबार अपरान्ह काठमाडौंबाट छुटेको माइक्रोबस चितवनको भरतपुर महानगरपलिका १ को आपटारीमा दुर्घटना भएको हो ।

माईक्रोबस सडकबाट केही पर पुगेर पल्टिीएको चितवनका प्रहरी प्रवक्ता एकनारायण कोइरालाले बताएका छन् । दुर्घटनामा परेर घाइते हुनेहरूमा काठमाडौं महानगरपालिका ३१ का ८१ वर्षीय कृष्ण रिमाल, ३० वर्षीय सन्दिप न्यौपाने, २८ वर्षीया मीना तिमल्सिना, भरतपुर महानगरपालिका ७ का ३३ वर्षीय विकास आलेमगर, बारा निजगढ नगरपालिका ६ का २१ वर्षीय अनिष राउत, सोही स्थानका २१ वर्षीया अनु राउत र चितवन रत्ननगर नगरपालिका २ का २५ वर्षीय रञ्जना तिमल्सिना रहेका छन् । उनीहरुकाे विभिन्न अस्पतालमा उपचार भइरहेकाे छ ।

घाइते मध्ये रञ्जना तिमल्सिनाको अवस्था गम्भीर रहेका प्रहरीले जनाएको छ । माईक्रोबसमा १० जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटना के कारणले भयो भन्नेबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com