अझै फिर्ता गरेनन् पूर्वप्रधानन्यायाधीशले सरकारी गाडी



प्रकाशित मिति : Jul 15, 2019

काठमाडौं । कानून बनाएर मात्र पूर्वविशिष्ट अधिकारीलाई सुविधा दिन परमादेश दिने सर्वाेच्च अदालतभित्रै यसरी सवारी साधनको चरम दुरुपयोग भइरेहको छ । सर्वाेच्चकै आदेश विपरीत पूर्वप्रधानन्यायाधीशले अवैधरुपमा महँगा सवारी साधनसहित चालक, अर्दली र इन्धनको सुविधा लिइरहेका छन् ।

सरकारी नम्बर प्लेटलाई निजी बनाएर अर्थात् कीर्ते गरेर २१ लाखदेखि २ करोडसम्मका गाडी चढिरहेका हुन् । कल्याण श्रेष्ठ र गोपाल पराजुलीले त चालकसमेत सर्वोच्च अदालतकै प्रयोग गरिरहेका छन् । कतिपयले त गाडी मर्मत गर्नुपर्दा पनि सर्वोच्च नै पठाउँछन् ।

सरकारले पूर्व विशिष्टलाई सवारीसाधन सहितका सुविधा उपलब्ध गराउन भन्दै २०६९ सालमा अध्यादेश ल्यायो । र, त्यही अध्यादेशमा टेकेर ७ पूर्व प्रधानन्यायाधीशले एकै पटक सवारी साधनको सुविधा लिए । तर, ६० दिनभित्र अध्यादेश स्वीकृत गर्नुपर्ने संसदले गरेन । अध्यादेश स्वतः निश्कृय भयो । अर्थात् पूर्वविशिष्ठ पदाधिकारीलाई पोस्ने सरकारको योजना असफल भयो ।

अध्यादेशमा टेकेर सवारी साधनको सुविधा लिएका श्रीमान्हरुले अध्यादेश स्वतः खारेज हुँदा आफूले दिएको सुविधा गैर–कानूनी हो भन्ने बुझ पचाए । गाडी फिर्ता गरेनन् । २०६९ पछिका प्रधानन्यायाधीशका लागि त तिनले लिन हुने मैले नहुने भनेर अगुवालाई देखाउने चोर बाटो खुल्यो । र, तिनले पनि जबरजस्ती लगेको गाडी दम्पचै बनाए । पूर्व प्रधानन्यायाधीशहरुकै यस्तो हर्कतले कानून निर्धालाई मात्रै हो भन्ने आम बुझाइ थप प्रमाणित भएको छ ।

आफूले पनि सित्तैमा एउटा गाडी लैजान पाउने अघोषित परम्परा तोड्न कुनै पनि प्रधानन्यायाधीश तयार भएनन । भलै, तीनले सुशासनको पक्षमा र भ्रष्टाचारविरुद्ध जति नै चर्को बोलुन, फैसला गरुन् । न्यायालय सुधारमा के के न गर्छु भन्नेको पनि गति र मति देखियो । बहालवाला प्रधानन्यायाधीश चालेन्द्र शम्सेर राणा पनि यो परम्परा तोड्न चाहाँदैनन् किनकी सेवा निबृत्त हुँदा आफूले पनि त एउटा गाडी त लैजानु नै छ ।

कोही सोध्न जाँदा भन्ने ‘रेडिमेड’ जवाफ हो यो सर्वोच्च प्रशासनको । ताकेता गर्छौ, गरिरहेका छौं भन्छ । तर, परिणाम कहिल्यै देखिदैन । कानून नहुँदा थिएन भनेर पन्छिने र आफैं ब्याख्या गरेर, मिलाएर गाडी लैजाने छुटको निर्वाध उपभोग गरिरहेका थिए पूर्व प्रधानन्यायाधीशहरुले । तर, सर्वोच्च अदालतका न्यायाधीशको पारिश्रमिक, सेवा, शर्त र सुविधासम्बन्धी ऐन, २०७४ आएपछि त त्यसको पालना गर्नुपर्ने र त्यही ऐन आकर्षित गर्दै पुरानाको पनि फिर्ता लिनुपर्ने हो नि । तर, कुनै पनि श्रीमान् भुईको टिप्दा पोल्टाको गुमाउन चाहिरहेका छैनन् ।

अझ अचम्मत ः आफू विदा हुने बेलामा गाडी किन्ने र त्यही लैजाने प्रबृत्ति संस्थागत नै भइसकेको छ । सुशीला कार्की, गोपाल पराजुली र ओमप्रकाश मिश्रले जानुअघि नयाँ गाडी किने । र, त्यही लगे । नागरिक जोबाट उच्च नैतिक आचरणको अपेक्षा गर्छन, तिनै पथभ्रष्ट भएपछि कसको के लाग्दो रहेछ र !


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com