धनुषाका बाढी तथा डुबान पीडितहरु खाद्यान्न र उचित बासको समस्या



प्रकाशित मिति : Jul 15, 2019
  • घनश्याम मिश्र

धनुषा । धनुषाका बाढी तथा डुबान पीडितहरु खाद्यान्न र उचित बासको समस्यामा छन् । तीन दिनसम्म लगातार परेको पानीले घरबार डुवाउदा उनीहरु त्रिपालमा बस्न बाध्य छन् ।

बाढी र डुवानबाट जनकपुर उपमहानगरपालिका वडा नम्बर १ र २४ वडाका मुसहर वस्ती सबैभन्दा बढी प्रभावित बनेका छन् । पीडितहरुले खाना र बासको उचित व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

मुसहर समुदाय आफ्नो जमिन नभएका कारण सरकारी जमिनमा बस्दै आएका छन् । यहाँ डुबान भएपछि गर्भवती, बालबालिका तथा बृद्धबृद्धा समस्यामा परेका छन् । सरकारले चासो नदिएको उनीहरुको गुनासो छ ।

प्रदेश दुई सरकारले जनकपुरमा सुरु गरेको जनता आवास कार्यक्रम समेत वर्षाका कारण प्रभावित बनेको छ । उपमहानगरपालिका २४ मा प्रदेश सरकारले डेढ महिनाअघि नयाँ घर बनाउने मुसहर समुदाय बस्दै आएको घर समेत भत्काइदिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com