फिनल्याण्डको बाल्टिक समुद्रमा रहेको टापुमा महिलालाई मात्र प्रवेश अनुमति !



प्रकाशित मिति : Jul 15, 2019

एजेन्सी । फिनल्याण्डको बाल्टिक समुद्रमा रहेको एक टापुमा महिलालाई मात्र प्रवेश अनुमति छ । यहाँ पुरुषलाई बन्देज गरिएको छ ।

बाल्टिक समुद्रमा रहेको फिनल्याण्डको यो टापु ८ दशमलव ४७ एक्कड क्षेत्रफलमा फैलिएको छ । यो वर्ष मात्र सर्वसाधारणका लागि खुल्ला हुँने यो टापु अमेरिकी महिला क्रिस्टिना रोथले किनेकी हुन् । उनले महिलाहरु आरामसँग छुट्टी मनाउन सकून् र कुनै समस्या नआओस् भनी यो टापु किनेकी हुन् । यहाँ महिलाहरुलाई फिटनेश, पोषण लगायत दैनिक आवश्यकताका सवै वस्तु प्राप्त हुनेछन् ।

दैनिक भागदौडबाट मुक्त भई महिलाहरुले यस टापुमा समय बिताउन पाउनेछन् । यस टापुको रिसोर्टका लागि बुकिङ खुल्ला भैसकेपछि केवल महिलाहरुले मात्र त्यहाँ कोठा बुक गर्न पाउनेछन् । रिसोर्टका कोठा बुक गर्नका लागि पैसा तिरेर मात्र पुग्दैन ग्राहकहरुले स्काइपीको माध्यमबाट अन्तरवार्ता नै दिनुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com