आमाले जङ्गलबाट ल्याएको निउरो खाँदा दाजु र बहिनीको मृत्यु, आमाको अवस्था गम्भीर



प्रकाशित मिति : Jul 15, 2019

मगलसेन । अछाममा निउरो खाँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । शुक्रबार जङ्गलबाट ल्याएको निउरो खाँदा जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ५ तल्लोपाटनका दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

मृत्यु हुनेमा ५ बर्षीया मनिषा बोहोरा र उनका दाई ११ बर्षका रमेश बोहोरा रहेका छन् ।
प्रहरीका अनुसार मनिषाकाे घरमै र उनकाे दाइ रमेशकाे उपचारकाे क्रममा मृत्यु भएको हो । शुक्रबार बिहान आमाले जङ्गलबाट निउरो ल्याएपछि तरकारीको रुपमा पकाएर खाएका थिए ।

निउरो खाएपछि आमासहित उनीहरु तीनै जनामा वान्ता हुने रिंगटा लाग्नेजस्ता लक्षण देखा परेको थियो । हाल मृतकहरुका आमा ३१ वर्षीया आमा नरपता बोहराको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डीएसपी जनक शाहीले जानकारी दिएका छन् । उनकाे न्याय हेल्थ बयलपाटा अस्पतालमा उपचार भइरहेकाे छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com