एनआरएन यूके अध्यक्षको चुनावी मैदानमा सुशिला राई



प्रकाशित मिति : Jul 15, 2019

काठमाडौँ । एनआरएन यूकेको चुनावी मैदानमा सुशिला राई पनि उत्रिएकी छन् । वर्तमान कार्यसमिति उपाध्यक्ष समेत रहेकी राईले अबको चु्नावमा अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेकी छन् ।

आइतबार अल्डरसटमा आयोजित आफ्नो चुनावी घोषणासभामार्फत एनआरएन यूकेलाई सशक्त र मजथबुत बनाउन आफु नेतृत्वम अआउन चाहेको बताएकी छन् । उनले उम्मेदवारी औपचारिक घोषणासहित ७ बुंदे प्रतिबद्धता सार्वजनिक गरेकी छन् ।

प्रवासमा रहेका नेपालीहरुको सुखदुखमा दरिलो साथी बनाउनका लागि आफु संस्थाको नेतृत्वमा आउन चाहे बताउँदै उहाँले लामो समयदेखिको सामाजिक कार्यको रुची र अनुभव, एनआरएन यूकेमा दुई कार्यकालको अनुभव र बेलायत बसाईले प्रवासमा रहेको नेपालीहरुको समस्याला्रई आफुले आफ्नै आँखा अगाडी देखेको छु, उनले भनिन् ।

हामीले बोलेका कु्राहरु चुनावको नारा मात्रै नभएको भन्दै उनले व्यवहारमै देखाउने अठोट समेत व्यकत गरेकी छन् । चुनौतिसित हटेर होइन, डटेर लड्नु पर्छ भन्ने आफ्ना मानसिकतटा भएको भन्दै उहाले, त्यसको प्रमाणको लागि आफ्ना विगत दुई कार्यकालको आफ्ना काम हेर्न अनुरोध समेत गर्नुभयो ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com