बाढी र पहिरो पीडितको राहत तथा पुनर्वासको उचित व्यवस्था तत्काल गर्न सरकारलाई संसदीय समितिको निर्देशन



प्रकाशित मिति : Jul 15, 2019

काठमाडौँ । संसदीय समितिले बाढी, पहिरो र डुबान पीडितहरुको राहत तथा पुनर्वासको उचित व्यवस्था तत्काल गर्न सरकारलाई निर्देशन दिएको छ ।

आज बसेको विकास समितिको बैठकले आवश्यक राहत तथा पुनर्वासको व्यवस्था तत्काल मिलाउन सरकारलाई निर्देशन दिएको हो । पीडितलाई आवश्यक गाँस र बासको व्यवस्था मिलाउने काममा सहयोग गर्न तीनै सरकारलाई पनि समितिले निर्देशन दिएको छ ।

भारतीय बाँधका कारण पनि सीमा क्षेत्रका तराईका जिल्लाहरु डुबानमा परेको उल्लेख अवरुद्ध टेलिफोन, विद्युत, बाटोलगायतका अत्यावश्यकीय सेवा तत्काल सञ्चालनमा ल्याउन सभापति कल्याणी खड्काले सरकारलाई निर्देशन दिनुभयो ।

संसदबाट पीडितलाई राहत दिन उचित व्यवस्था गर्ने बेला प्रतिनिधिसभा बैठक स्थगित गरिएकोमा समेत समितिले असन्तुष्टी जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com