कोशी अञ्चल अस्पतालमा सर्पदंश विरामीकाे चाप



प्रकाशित मिति : Jul 15, 2019
  • तारा आचार्य

विराटनगर ३० असाढ । केही समय देखी लगातार भएको बर्षाको कारण कोशी अञ्चल अस्पतालमा सर्पको टोकाइका विरामीहरुको संख्यामा बृद्धि भएको छ । लामो समय सम्म बर्षा भएका कारण सर्पको टोकाईका विरामीहरुको चाप बढेको कारण कोशी अञ्चल अस्पतालको आकस्मिक कक्षमा विरामीहरुलाई झ्यालमा राखेर पनि उपचार गर्नुपरेको छ ।

सो अस्पतालको आकस्मिक कक्षमा दैनिक १५ जना सम्म सर्पले टोकेका विरामीहरु आउने गरेको आकस्मिक सेवाका सिनियर अहेव रघुनन्दन अधिकारीले जानकारी दिनु भयो । रघुनन्दन अधिकारी, आकस्मिक सेवा, कोशी अंचल अस्पताल ।

राती हिड्दा सतर्क भएर हिड्ने र कुनै पनि किराले टोक्दा छिटो भन्दा छिटो अस्पताल ल्याउन चिकित्सकहरुले आग्रह गरेका छन् । सर्पले टोकेको विरामीलाई अझै पनि झारफुक गराउने प्रवृत्ति रहेकोले तत्काल अस्पताल ल्याउने अधिकारीले सल्लाह दिने भएको छ ।

सर्पले टोकेको विरामीलाई समयमा अस्पताल ल्याउन सके जस्तो सुकै सर्पले टोकेको भए पनि बचाउन सकिने आकस्मिक सेवाका अधिकारीले वताउनु भयो । सो अस्पतालमा बर्षा संगै भाईरल ज्वरो , निमुनिया र झाडापखालाका विरामीहरु पनि बढ्न थालेका छन् । विरामीहरुलाई सरसफाई गर्ने बासी खाना नखाने उमालेको पानी खाने र सफा भएर बस्न चिकित्सकहरुले सल्लाह दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com