पूर्वमा ‘डिएपी’ मल आइपुगेपछि वितरण गरियाे, मल पाएपछि कृषकहरु हर्षित



प्रकाशित मिति : Jul 15, 2019
  • तारा आचार्य

विराटनगर ३० असाढ । कृषकहरुले धान रोप्ने वेलामा चाहीने मल अभाव भएपछि ‘साल्ट ट्रेडिङ ‘कर्पोरेशनले पूर्व क्षेत्रका लागि मगाएको डिएपी मल विराटनगर आइपुगेपछि कृषकहरुलाई वितरण गरिएको छ ।

यस क्षेत्रका लागि ५ हजार मेट्रिक टन ‘डिएपी मल मगाएकोमा ५ ट्रक डिएपी मल जोगवनी नाका हुँदै विराटनगर आईपुगेको साल्ट ट्रेडिङ कर्पोरेशन विराटनगरका प्रमुख नविनचन्द्र झाले जानकारी दिनु भयो ।

प्रमुख झाले कलकत्ताबाट २ हजार ५ सय मेट्रिक टन मल लिएर ट्रकहरु हिडिसकेको र केही दिन भित्रै सवै मल विराटनगर आईसक्ने जानकारी दिनुभयो ।

साल्ट ट्रेडिङ कर्पोरेशन विराटनगरले मगाएको डिएपी मल आएपछि पूर्वमा डिएपी मलको अभाव नहुने भएको छ । यो धान रोप्ने समय भएकाले कृषकहरुलाई डिएपी मलको अभाव भएको थियो ।

विराटनगरमा आएको डिएपी मल झापाको विर्तामोड, लाहान र राजविरजबाट सहकारी संस्थाहरु मार्फत वितरण सुरु गरिसकेको सो कार्यालयले जनाएको छ । कृषकहरुले धान रोप्न तयार पारेपछि डिएपी मल छरेर धान रोप्ने गर्दछन् ।

तर केही समयअघिबाट मलको अभाव भएको थियो । मल पाएपछि कृषकहरु खुशि भएका छन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com