सरकारले अस्वस्थ सरकारी कर्मचारीलाई अनिवार्य अवकाश दिने



प्रकाशित मिति : Jul 15, 2019

काठमाडौं । सरकारले अस्वस्थ सरकारी कर्मचारीलाई अनिवार्य अवकाश दिने भएको छ । ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा छलफल गर्दै सरकारले अस्वस्थ कर्मचारीलाई ७ वर्षको सेवा, सुविधा थप थरी अवकाश दिने भएको हो ।

आज बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा विधेयकमाथिको छलफलमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले बहालवाला कर्मचारी शारिरीक तथा मानसिक रुपमा अशक्त भएमो सेवा, सुविधा थप गरी अवकाश दिने कानुनी व्यवस्था गर्न लागिएको जानकारी दिनु भयो ।

सरकारले कार्य क्षेत्रमै शारीरिक तथा मानसिक रुपमा अशक्त भएका कर्मचारीलाई निःशुल्क स्वास्थ्य विमाको व्यवस्था पनि गरेको छ । उनीहरुको अवस्थालाई हेरेर मन्त्रीपरिषद बैठकले पनि विशेष व्यवस्था गर्ने प्रावधान पनि विधेयकमा समावेश गरिएको उहाँको भनाइ थियो ।

सरकारले विधेयकमा राखेको व्यवस्थामा सत्तापक्ष र प्रतिपक्ष सांसदले सहमति जनाएका थिए । विधेयकले कर्मचारीको काम गर्ने मनोबल बढाउने समेत कांग्रेस सांसदहरुको भनाइ थियो ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com