जापानमा विशेष प्रकारको एक झुप्पा अंगुरको मूल्य १२ लाख रुपैयाँ !



प्रकाशित मिति : Jul 14, 2019

काठमाडौं । एक झुप्पो अङ्गुरको मूल्य बढीमा कति पर्ला ? पाँच सय वा एक हजार ? तर जापानमा एक विशेष किसिमको एक झुप्पो अंगुरको मूल्य १२ लाख रुपैयाँ पर्दछ ।

जापानमा मानिसहरुले १२ लाख रुपैयाँ बराबरको मूल्य तिरेर एउटा विशेष खाले अंगुरको सानो झुप्पा खरिद गर्दछन् । रुबी रोमन जातको यो अंगुरको एउटा गेडाको वजन करीब २० ग्राम हुन्छ । एउटा झुप्पोमा झण्डै २४ अंगूरको रंग हरियो वा कालो नभई पूर्णरुपमा रातो हुन्छ ।

धनीको फल भनेर पनि चिनिने यो अंगूर जापानको इशिकावा प्रान्तको सरकारी निकायले विकास गरेको हो । खानमा निकै स्वादिलो यो रातो अंगुर जापानमा लग्जरी फलको श्रेणीमा पर्दछ ।

विशेषतः शुभ अवसरमा उपहार दिनका लागि यो अंगुरको प्रयोग हुने गर्दछ । सजिलैसँग नपाइने भएकाले पनि यसको बजारमा लिलामी समेत हुने गरेको छ । लिलामीकै क्रममा एक होटल कम्पनीले एक झुप्पो अंगुर ११ हजार डलरमा खरीद गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com