सम्पन्न शहरमा बसेर पनि बिजुली बाल्न नपाउने अति विपन्नहरुको घरमा पनि अब बिजुली बल्ने ! (भिडियो)



प्रकाशित मिति : Jul 13, 2019

१. सम्पन्न शहरमा बसेर पनि बिजुली बाल्न नपाउने अति विपन्नहरुको घरमा पनि अब बिजुली बल्ने

सुविधा सम्पन्न शहरका वासिन्दा बिजुली सेवाबाट वञ्चित छन भन्ने सुन्दा अचम्म लाग्नु स्वभाविक हो । पूर्वको सम्पन्न शहर धरानस्थित विजयपुरका अति विपन्न वासिन्दाहरुको हविगत यही थियो वास्तवमा । अर्काको घरमा बलेको बिजुली हेरेर उज्यालोको आनन्द लिने विजयपुरका अति विपन्न परिवारको घरमा पनि अब भने उज्यालोले प्रवेश पाएको छ ।

आर्थिक अभावमा बिजुली वाल्न नपाएका गरीब परिवारका लागि धरान वडा नम्बर १४ ले निशुल्करुपमा विजुलीको मिटर बक्स जडान गरिदिएपछि अध्याँरोमा बस्नु पर्ने उनीहरुको बाध्यता हटेको हो ।

२. महाविनाशकारी भूकम्पले जाखिममा परेका गाउँकालाई अर्को गाउँमा पु¥याइयो

२०७२ सालमा गएको महाविनाशकारी भूकम्पको असर देशको मध्य, पश्चिम र पूर्वका केही भागमा नराम्ररी परयो । त्यस्को असरले थलिएकाहरु अझै उठन सकेका छैनन पनि । यस्तै दारुण अवस्था थियो ओखलढुंगाको चिसंखुगढी गाउँपालिका सातका २४ घर धुरीको पनि । भूकम्पले वस्ती नै जोखिममा परेपछि उनीहरुको नयाँ थाँतथलोको खोजीमा थिए ।

सरकार मार्फत भूकम्प पुनर्निर्माण प्राधिकरणले उनीहरुलाई जोखिममा परेको गाउँ भण्डारेबाट माम्खामा स्थान्तरण गरेको छ । स्थानान्तरण पछि भूकम्प प्रभावितहरुमा हर्ष छाएपनि जन्मेको र खाएको थाँतथलो छोड्नु पर्दा धेरैको मन भने अझै पनि भक्कानिएकै छ । त्यसमाथि घरका लागि जग्गा मात्र पाउँदा गरी खाने खेतबारीको जोहो कस्ले गरिदिने भन्दै उनीहरु गुनासोसहितको प्रश्न समेत गर्न थालेका छन् ।

३.आकाशे पानीको भरमा बसेका भोजपुरको पोखरेमा सिंचाईको व्यवस्था गरिएपछि हर्षको आगमन

कृषिबाट नै समृद्धिको लक्ष्य खोजिएको नेपालका धेरै किसानहरु अझै कृषि कर्मका लागि आकासे पानीको भरमा नै भरपर्नु पर्ने पीडादायी पाटो प्रष्ट छ । सिंचाईको व्यवस्था भए बाह«ै महिना बिभिन्न बाली र तरकारी लगाउने सम्भावना हुँदा हुँदै पनि गाउँघरका धेरै बारी र काल्नाहरु सिंचाईको अभावमा धजा फाँटेर काम नलाग्ने बन्न विवश छन् ।

यस्तै अवस्थाले निरश बनेको भोजपुरको पोखरे गाउँमा भने अब भने हर्ष फर्किएको छ । ५९ लाख रुपैयाँमा सिंचाई योजना निर्माण भएपछि गाउँका खेत बारी तथा काल्नाहरु हराभरा हुन थालेका छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com