आधुनिकताको उपस्थिति र युवाहरुको विदेश मोहले धेरै परम्परा र चलनहरु हराउँदै गए (भिडियो)



प्रकाशित मिति : Jul 13, 2019

१. आधुनिकताको उपस्थिति र युवाहरुको विदेश मोहले धेरै परम्परा र चलनहरु हराउँदै गए
आधुनिकताको उपस्थिति र युवाहरुको विदेश मोहले नेपालका धेरै परम्परागत मान्यता र चलनहरु इतिहासमा सीमित हुँदै गएका छन् । माटाको भाँडाहरु एक समय नेपालका हरेकका घरमा देख्न पाइन्थ्यो र हरेक घरहरुले प्रयोगमा ल्याउथे ।

तर, प्लाष्टिक र आधुनिक भाँडाहरुको उपस्थिति एवं त्यसमाथि पनि युवाहरुको वैदेशिक रोजगारीको मोहले अब माटोको भाँडाहरु विरलै बन्न थालेका छन् । जस्ले गर्दा कुमाल समुदायको परम्परागत पेशा लोप हुने अवस्थामा पुगेको छ । पाल्पाका कुमाल समुदायको अवस्था पनि अहिले यस्तै छ । सिजनमा महिनामा नै ५० हजार भन्दा बढी कमाउने पाल्पाका कुमालहरु अहिले धेरै यो पेशावाट विस्थापित बनेका छन् । केहीले मात्र यो पेश जेनतेन धानिरहेका छन् ।

२. फरक क्षमता भएका विद्यार्थीहरुलाई अलग्गै वसको व्यवस्था गर्यो प्रदेश ५ सरकारले
प्रदेश सरकारहरुले केही रचनात्मक कामहरु समेत गरेर अघि बढ्दा जनतामा त्यस्को प्रभाव पनि सकारात्मक देखिन थालेको छ । प्रदेश ५ सरकारले फरक क्षमता भएका विद्यार्थीहरुका लागि यस्तै एउटा उदाहरणीय कार्य गरेको छ ।

वुटवलबाट भैरहवाको बहिरा बाल माध्यमिक अध्ययन गर्न जाने विद्यार्थीहरुले सार्वजनिक वसमार्फत कष्टदायी यात्रा तय गर्दै आएका थिए । भाडा दिदैनन भनेर नचढाउने चढाए पनि अपमानजनक व्यवहार गर्ने जस्ता पीडा भोग्दै आएका धेरै विद्यार्थीहरुको अध्ययन यात्रा अब भने सहज र सुविधापूर्ण भएको छ । कारण हो – प्रदेश ५ सरकारले उनीहरुका लागि मात्र भनेर वस उपलब्ध गराएको छ ।

३. सिद्धान्तको आधारमा पनि स्थानीय तहमा विकासमा प्रतिष्पर्धा देखिदा गाउँको मुहार फेरिदै
अहिले कतिपय स्थानीय तहमा विकास निर्माणका गतिविधि गतिलो तवरबाट अघि बढेको छ । त्यसमाथि विकास निर्माणमा स्थानीय तहहरुबीच प्रतिष्पर्धा देखिदा त्यस्को लाभ स्थानीयवासीले मात्र नभइ दीर्घकालीनरुपमा राष्ट्रले नै भोग्ने निश्चित छ ।

अहिले कतिपय स्थानीय तहहरुबीच सिद्धान्तको आधारमा पनि विकासलाई लिएर प्रतिष्पर्धा हुन थालेको छ । नेकपाले जितेका स्थानीय तह र काँग्रेसले जितेको स्थानीय तहबीच विकास निर्माणदेखि लिएर सुशासनसम्मका विषयमा प्रतिष्पर्धा देखिन थालेपछि अर्घाखाँचीको छत्रदेव गाउँपालिका विकासका लागि नमुना गाउँ बन्ने सम्भावना देखिएको छ भने गाउँवासी भाग्यमानी सावित बन्दैछन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com