अविरल वर्षाको असर काठमाडौंमा पनि–मुलपानीमा पहिरोमा परि ३ को मृत्यु



प्रकाशित मिति : Jul 12, 2019

काठमाडौ, २७ असार । विहीबारदेखिको अविरल बर्षापछि संघीय राजधानी काठमाडौंको मुलपानीमा पहिरो खस्दा ३ जनाको मृत्यु भएको छ ।

काठमाडौं प्रहरीका अनुसार मृत्यु हुनेहरुमा बारा स्थायी घर भइ कागेश्वरी मनहरा नगरपालिका मुलपानीमा वस्दै आएका नतु यादव, शर्मिला यादव र कुन्दन यादव रहेका छन् । उनीहरु सबै एकै परिवारका सदस्य हुन भने कुन्दन यादव १० बर्षको रहेको पनि प्रहरीले जनाएको छ ।

पुरिएका तीनै जनाको शव निकाल्न स्काभेटरको प्रयोग गरिएको पनि प्रहरीले जनाएको छ । बिहीबारदेखिको निरन्तरको बर्षाले काठमाडौं उपत्यका भएर बग्ने नदीहरुमा पानीको वहाव उच्च भएको छ भने धेरै स्थानहरु जलमग्न बनेका छन् ।

कतिपय स्थानमा स्थानीयको घरघर भित्र पानी पसेको छ भने ढल थुनिदा धेरै स्थानहरु जलमग्न बनेका छन् । भारी बर्षाकै कारण काठमाडौंको बिभिन्न स्थानमा यातायात सेवा समेत प्रभावित बनेका छन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com