बर्दियाकोे बांसगढीमा राष्ट्रिय वाणिज्य बैंकद्धारा कारोबार आरम्भ



प्रकाशित मिति : Jul 12, 2019

बर्दिया । प्रदेश नम्बर ५, बर्दिया जिल्लाको बांसगढी नगरपालिका वडा न. ५ स्थित राष्ट्रिय वाणिज्य बैक लिमिटेडको शाखा कार्यालय बांसगढी को कारोबार शुभारम्भ गरिएको छ ।

यसपछी बैंकको शाखा कार्यालयहरुको संख्या २२१ पुगेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले दिगो आर्थिक विकासको लागि शहरी तथा ग्रामिण क्षेत्रमा प्राथमिकताका साथ शाखा खोली वित्तीय पहुंच विस्तार गरिने कार्यमा बैंक अगाडि बढिरहेको बताउनुभयो ।

बैंकको देशको सातै प्रदेश, ७७ वटै जिल्लामा २२१ वटा शाखा कार्यालय, १७५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । हाल बैंकले १ खर्ब ८६ अर्ब रुपैंया निक्षेप संकलन गरी १ खर्ब ४४ अर्ब रुपैंया कर्जा लगानी गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com