लगातारको बर्षाका कारण हनुमन्ते खोलाको बहाव बढ्यो, मंगलतिर्थको पूल आसपास क्षेत्र डुवानमा



प्रकाशित मिति : Jul 12, 2019
  • राम गोपाल तमखु

भक्तपुर । लगातार बर्षापछि भक्तपुरकोे हनुमन्ते खोलाको बहाव बढेको छ । चारै नगरपालिका भएर बग्ने हनुमन्ते खोलामा पानीको बहाव बढेसँगै बाराहीस्थानबाट भक्तपुर नगर प्रबेश गर्ने मंगलतिर्थको पूल आसपास क्षेत्र डुवानमा परेको छ र सो सडक क्षेत्र अवरुद्ध भएको छ भने पुल आसपासमा समेत बाढी बस्तीमा पुगेको छ ।

पानीको वहावले ठिमीेबाट गाम्चा जाने पुलको दुबैतर्फको भागमा कटान गरेको छ । सो क्षेत्रमा सुर्यविनायक विरदल गणले नदी खोल्ने तथा स्थानीयहरुलाई सर्तक रहन सहयोग गरीरहेको छ ।

यता नदिको वहाव बढेसंगै बस्तीमा वाढी पसेको र स्थानिय र प्रहरीको सहायताले नदिले बगाएर ल्याएका फोहोर निकाले वहावमा सहजता गर्ने काम गरिरहेका छन् । यता राम मन्दीर पुलमा समेत वाढिको वहाव उच्च देखिएको छ । लगतार बर्षा र खोलामा बढ्दो पानीको बहावसँगै खोला आसपास क्षेत्रका बस्तीहरुमा हुन सक्ने क्षतीलाई न्यूर्न गर्न र सर्तक रहन जनप्रतिनिधिहरुले आग्रह गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com