अविरल वर्षाकाे बाबजुद सरकार विरुद्ध उत्रिए नेविसंघका नेता तथा कार्यकर्ता (फोटोफिचर)



प्रकाशित मिति : Jul 12, 2019

काठमाडौँ । नेपाल विद्यार्थी संघले सरकार बिरुद्ध चरणबद्द रुपमा आन्दोलन गर्दै आएको छ । आन्दोलनको पुर्व निर्धारित कार्यतालिका बमोजिम शुक्रवार अविरल वर्षा संगै माइतीघर मण्डलामा भेला भएका संघका नेता, कार्यकर्ताले सरकार विरुद्ध नाराबाजी गरेका छन् ।

नेविसंघ निवर्तमान महामन्त्री कुन्दन राज काफ्लेको नेतृत्वमा भेला भएका विद्यार्थीहरुले झरिको पर्वाह नगरी सरकारको विरुद्ध उत्रिएको हो । “बिषादी हामीलाई चाहिँदैन जनता मार्न पाइँदैन” जस्ता नारा लगाउदैँ नेविसंघका नेता कार्यकर्ताले नाराबाजी गरेका छन् ।

सरकारले चालेको गलत कदमको विरुद्ध सडकमा उत्रिने नेविसंघको यो नाराबाजी भने अन्य प्रदर्शन भन्दा पृथक रहेको छ । कसैले छाता त कसैले रेनकोट ओडेर सरकारको बिरोध गरिरहेको छन् । हामिलाई न झरिको पर्वाह छ न त बिदेशिको ईसारामा चल्ने ओलि सरकारको नै, हाम्रो सरोकार तिन करोड नेपालीको स्वास्थ्य हो, नेवि संघ निवर्तमान केन्द्रिय सदस्य रत्नहरी ढुङ्गेलले भन्नुभयो ।

बिदेशबाट आयात गरिने फलफुल तरकारीको बिषादी परिक्षण नगर्ने सरकारी निर्णय आपत्तिजनक छ उक्त निर्णय सच्याउन सरकारसंग जोडदार माग गछौँ, उहाँले भन्नुभयो । बिरोधका कार्यक्रम जारी रहन्छ, नेता ढुङ्गेलले भन्नुभयो । संघका नेताहरूले शनिबारबाट नयाँ ढंगले दोस्रो चरणको आन्दोलन थाल्ने छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com