आइसीसी टी २० विश्वकप एसिया रिजन छनोट: नेपालले मलेसियालसँग भोलिबाट खेल्दै



प्रकाशित मिति : Jul 12, 2019

काठमाडौं । आइसीसी टी २० विश्वकप एसिया रिजन छनोट फाइनलको तयारीमा रहेको नेपालले मलेसियालसँग भोलिदेखि टी २० सिरिज खेल्दैछ । दुई खेलको सिरिजको पहिलो खेल भोलि हुँदैछ । जुलाई ९ मै मलेसिया पुगेको नेपालले केही दिन मलेसियामा प्रशिक्षण समेत गरिसकेको छ । यस्तै दोस्रो खेल आइतवार खेल्नेछ। मलेसियामा दुई खेलसँगै १० दिनको तयारीपछि नेपाली टोली उतैबाट जुलाई २० मा सिंगापुर जानेछ ।

सिंगापुर र मलेसियाको कन्डिसन उस्तै भएकोले मलेसिया भ्रमण नेपालको लागि फाइदाजनक हुने कप्तान र प्रशिक्षकले बताएका छन् । मलेसिया विरुद्धको खेल जित्नका लागि भन्दा पनि कन्डिसन अनुसार तयार हुन र टिमको अवस्थाबारे बुझ्न सहयोग हुने टिमको विश्वास छ । राउण्ड रोविन लिगपछि अंकतालिकामा शीर्ष स्थानमा रहने टोली युएईमा हुने ग्लोबल क्वालिफायरमा छनोट हुनेछ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com