थारु पत्रकार संघ बाँकेको अधिवेशन साउन पहिलो साता हुदैँ



प्रकाशित मिति : Jul 12, 2019
  • भगतराम थारु

नेपालगन्ज २७ असार । थारु पत्रकार संघ नेपाल जिल्ला कार्य समिति बाँकेले साधारण सभा तथा अधिवेशन हुने भएको छ । यही साउन ४ गते नेपाल पत्रकार महासंघ बाँके शाखाको सभाहलमा गरिने साधारणसभा तथा अधिवेशनको तयारी बारे विभिन्न समिति समेत गठन गरिएको संघका सचिव भगतराम थारुले जानकारी गराउनुभयो ।

संघको अध्यक्ष विमला चौधरीको अध्यक्षतामा बसेको नियमित मासिक बैठक कार्यक्रममा संघको आठौं साधारणसभा तथा चौठो अधिवेशन कार्यक्रम गरिने मिति तय, तयारी समिति र आर्थिक संकलन समिति गठन गरिएको सचिव थारुले बताउनुभयो ।

तयारी समितिमा संघका अध्यक्ष विमला चौधरीको संयोजकत्वमा उपाध्यक्ष योगेश चौधरी र सचिव भगतराम थारु सदस्य रहने गरि तयारी समिति र कोषाध्यक्ष सुमित्रा चौधरीको संयोजकत्वमा शम्भु चौधरी र जागेश्वर सिंह थारु सदस्य रहने गरि आर्थिक संकलन समिति गठन गरिएको सचिव थारुले जानकारी गराउनुभयो ।

अधिबेशन तथा साधारणसभा कार्यक्रममा सचिव भगतराम थारुले प्रगति प्रतिवेदन र कोषाध्यक्ष सुमित्रा चौधरीले आर्थिक प्रतिवेदन पेश गरिने जनाएको छ । साधारणसभा तथा अधिबेशन कार्यक्रममा संघका केन्द्रिय अध्यक्ष मदन चौधरी, प्रदेश संयोजक सन्तोष दहितलाई बोलाउने निर्णण गरिएको छ । बैंठकमा नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष तथा संघका सल्लाहकार ठाकुर सिंह थारु, सल्लाहकार विश्वराज पछल्डग्या, सोम डेमनडौरा, कलाकार राजकुमार थारु लगायत कार्य समिति सदस्यहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com