काभ्रे पहिरोमा परी २ को निधन, ३ घाइते



प्रकाशित मिति : Jul 12, 2019

काभ्रे । काभ्रेको बनेपा नगरपालिका वडा नं ३ नालामा पहिरोले पुर्दा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोले पुरिँदा स्थानीय रामप्रसाद दङगालको श्रीमती ५५ बर्षिया गोमा दङगाल र ७ बर्षिया नातिनी सोहनी दङगालको पहिरोबाट पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी जयराज सापकोटाले बताए । घर माथिबाट आएको पहिरोले पुरिदा थप ३ जना घाइतेहरु शुशिला दङगाल, अनुस्का दङगाल र एक जनाको उद्धार संगै बनेपाको अस्पतालमा उपचार भइरहेको एसपी सापकोटाले बताए ।

काभ्रेमा कोशीपारी चौरीदेउराली गाउँपालिका वडा नं ४ मजुवामा पहिरोले ३ घरमा क्षति पु¥याएको प्रहरीले जनाएको छ । काभ्रेको कोशीपारी डाडापारी जोड्ने मुख्य सडकहरु पानीको कारणले अवरुद्ध भएका छन् । लामो दुरीको बिपि राजमार्ग र अरनिको राजमार्गमा कम मात्रामा सवारीहरु संचालनमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रहरी सहायक निरिक्षक भिमसेन बिक्रम थापाले बताए ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com